Business , News

२१ हजार भन्दा बढी भूकम्प पिडितको गुनासो सम्बोधन

Thu Jan 9

काठमाडौं, पुष २४:राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका २१ हजार बढी गुनासो सम्बोधन गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले २१ हजार ६०० को गुनासो सम्बोधन गरेको हो । बैठकले ८४१ आवेदनलाइ पुनःनिर्माण लाभग्राही कायम गरेको छ भने ८३६ लाइ प्रवलीकरण लाभग्राहीमा सूचीकृत गरेको छ । १८ हजार २०० गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । यसअघि तीनपटक बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले एक लाख १३ हजार गुनासो सम्बोधन गरी नतिजा निकालेको थियो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्