News , Province

त्रिभुवन आर्मी क्लव अंक तालिकाको शिर्ष स्थानमा

Fri Jan 10

काठमाडौं, पुष २५: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत पाचौं चरणका खेलहरु पनि सकिएको छ । पाँचौं चरणको समाप्तिमा खेलेका पाँच खेलमा चारमा जित दर्ता गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लव अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तरगत हिजो सरस्वती क्लवलाई हराउदै ३ अंक जोडेको विभागीय टोली आर्मी १२ अंक सहित पहिलो स्थानमा पर्न सफल भएको छ । शिर्ष स्थानको यात्रामा आर्मीले साविकको विजेता र लिगको दावेदार टोली मनाङ मर्स्याङ्दी क्लवलाई एक अंकले पछाडी पार्न सफल भएको छ । ३ खेलमा जीत र २ बराबरी खेलेको मनाङ ११ अंक सहित दोस्रो स्थानमा रहँदा अर्को दावेदार टोली मच्छिन्द्र १० अंक सहित तेस्रो स्थानमा झरेको छ । गोल अन्तरका कारण चौथो स्थानमा परेको थ्री स्टार क्लवले पनि १० अंक नै जोडेको छ । नौ अंक सहित जावालाखेल क्लव पाचौं स्थानमा छ भने आठ अंक बनाएको नेपाल पुलिस छैठौं स्थानमा छ । सात अंक सहित संकटा क्लव सातौं स्थानमा परेको छ भने ब्रिगेड व्याइज क्लव ६ अंक सहित आठौं स्थानमा छ । यसैगरी समान पाँच अंक नै बनाएका न्यूरोड टीम एनआरटी र च्यासल नवौं र दशौं स्थानमा पर्न सफल भएका छन् । एपिएफ क्लव ११औ स्थानमा रहँदा, हिमालयन शेर्पा १२, फ्रेण्ड्स क्लव १३ र सरस्वती युथ क्लव अन्तिम स्थानमा छन् । लिगमा हालसम्म पाँच गोल गरेका च्यासलका सन्तोष साहुखल सर्वाधिक गोलकर्ता बनिरहेका छन् । सन्तोषले ए डिभिजन लिगमा एक शय गोल पुरा गर्ने पहिलो नेपाली खेलाडीको किर्तिमान समेत बनाएका छन् । जारी लिगमा खेलाडीहरुले हालसम्म आठ ओटा रातो कार्ड पाइसकेका छन् । लिगको छैठौं चरणका खेलहरु भोलीबाट हुनेछन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्