News , Politics

ट्रम्पमाथि कंग्रेसको अंकुश

Fri Jan 10

काठमाडौं, पुष २५: संयुक्त राज्य अमेरिकाको संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने प्रस्ताव पारित गरेको छ । सांकेतिक रुपमा विशेष महत्वको सो प्रस्ताव डेमोक्र्याटहरुको बाहुल्यता रहेको संसदको तल्तो सदनबाट २२४ मत सहित पारित भएको हो । प्रस्तावको विपक्षमा १९४ मत प्राप्त भएको छ । सो प्रस्तावको रिपब्लिकनहरुको बाहुल्यता रहेको संसदको माथिल्लो सदन सिनेटबाट पारित हुने सभ्भावना भने ज्यादै न्युन छ । सदनले अमेरिकालाई आकस्मिक रुपमा आक्रमण गरे प्रतिरक्षा बाहेक अन्य अवस्थामा इरानसँग सैन्य कारवाही गर्न संसदको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । अमेरिका र इरान दुबैले थप सैन्य कारवाहीबारे कुनै घोषणा गरेका छैनन् । इरानले इराक स्थित अमेरिका सेनाका दुई वटा हवाई अड्कामा श्रेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणबाट कुनै पनि मानवीय क्षति भएको छैन । अमेरिकाले केही दिन अघि इरानी सेनाका उच्च कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणबाट इराकमा हत्या गरेको थियो । सो हत्याको बदलामा इरानले अमेरिकी हवाई अड्डामा आक्रमण गरेको जनाएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्