News , Province

विद्यालयको कक्षाभित्र छाता ओढ्नु पर्ने बाध्यता

Fri Jan 10

काठमाडौं, पुष २५ :रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ को राङजात रिठाबोटमा रहेको नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको छानो चुहिने भएपछि विद्यार्थीहरु कक्षा कोठाभित्रै छाता ओढेर पढ्न बाध्य छन् । विद्यालयको छानो मर्मत नहुँदा सबैजसो कक्षाकोठामा विद्यार्थीहरु पुस महिनाको कठ्याङ्ग्रीदो चिसोमा छाता ओढेर पढ्न बाध्य भएका हुन् । विद्यायलयको छानो फेर्न पटक–पटक स्थानिय सरकारसँग माग गरिएपनि सुनुवाई नभएपछि विद्यार्थीहरुले सास्ती भोग्नु परेको बिद्यालयका प्रधानाध्यापक झक्कु ओलीले बताउनुभयो । छानो चुहिने नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको भवन पनि जीर्ण अबस्थामा छ । भवनका भित्तमा पानी पसेकाले भत्केला भन्ने चिन्ता बढेको शिक्षकहरु बताउछन । विद्यालयको नयाँ भवनमा पनि पानी चुहिए पछि शिक्षक र विद्यार्थिले दिक्क मान्न थालेका छन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्