News , Province

मच्छिन्द्र क्लव १३ अंक जोड्दै शिर्ष स्थानमा

Sun Jan 12

काठमाडौं, पुष २७:शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लव १३ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । पाचौं चरणको खेल सकिंदासम्म तेस्रो स्थानमा रहेको मच्छिन्द्रले छैठौं चरण अन्तरगत हिजो भएको खेलमा जावलाखेल क्लव विरुद्ध जित दर्ता गर्दै अंक तालिकाको पहिलो स्थानमा पर्न सफल भएको हो । यसपटक उपाधिको दावेदार मानिएको मच्छिन्द्रले जावालाखेलको अपराजित यात्रा भंग गर्दै एक शुन्य गोल अन्तरले विजयी भयो । हिजै भएको अर्को खेलमा साविकको विजेता मनाङ मर्स्याङ्दी क्लवले भने हिमालयन शेर्पासंग गोलरहित बराबरी खेल्यो । बराबरी संगै एक अंक बाड्न बाध्य भएको मनाङ १२ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । पाँच खेल मात्रै खेलेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ । लिग अन्तरगत आज दशरथ रंगशालामानै दुई ओटा खेल हुदै छन् । १२ बजेबाट सुरु हुने कार्यक्रम रहेको पहिलो खेलमा फ्रेण्ड्स क्लवले थ्री स्टार क्लवसंग प्रतिस्पर्धा गर्दैछ भने दिउँसो ३ बजेबाट हुने अर्को खेलमा ब्रिगेड व्याइज क्लवले सरस्वती युथ क्लवसंग खेल्दैछ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्