Business , News

केरलामा नियम नपुर्‍याइ बनाइएका २ वटा भवन भत्काइयो

Sun Jan 12

काठमाडौं, पुष २७:दक्षिण भारतीय राज्य केरलामा वातावरणीय नियमको उल्लंघन गरी निर्माण गरिएका दुई वटा गगनचुम्बी अपार्टमेन्ट भवन भत्काइएको छ । ती अपार्टमेन्टमा बसोबास गरिएरहेकाहरु केही सेकेन्डमै आफ्नो लगानी र घर माटोमा मिलेको साक्षी बनेका थिए । भवनको निर्माणका सम्बन्धमा छानविन गर्न गठित समितिले तटीय क्षेत्रको सुरक्षाको नियम उल्लंघन गर्दै भवन निर्माण गरेको पुष्टि गरेपछि सर्वोच्च अदालतले गत वर्ष नै ती भवन भत्काउन निर्देशन दिएको थियो । थप दुई वटा यस्तै गगनचुम्बी भवनहरु आइतबार भत्काइने छ । कुल ३ सय ४३ फ्ल्याट रहेको आवासीय अपार्टमेन्टमा करिब २ हजार जना बसोबास गरिरहेका थिए । ती भवनहरु एक हप्ताभित्र भत्काइसक्ने अनुमान रहेको छ । आवासीय भवनहरु भत्काउने काममा भारतकै सबैभन्दा ठूलो डेमोलिसन संस्था संलग्न रहेको छ । शनिबार ९० वटा फ्ल्याट रहेको १९ तल्ले भवन सबैभन्दा पहिले भत्काइएको थियो । सो भवन सन्तुलित रुपमा केही सेकेन्डमा भत्केको थियो । सोही भवनमा बसोवास गर्ने परिवारले भवनसँगै आफ्ना सपनाहरु चकनाचुर भएको हेर्न नसकेको बताएका छन् । आफ्ना गल्ती बिना नै पीडाको समना गर्नुपरेको उनीहरुको भनाई छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्