Business , News

अमेरिकामा हुरी बतासका कारण ८ जनाको मृत्यु

Sun Jan 12

काठमाडौं, पुष २७:अमेरिकाको दक्षिणी राज्यहरु अलाबामा, लुजियाना र टेक्ससमा आएको तिब्र हुरीबतास, बर्षात र बाढीमा परेर आठ जनाको मृत्यु भएको छ । सामुन्द्रिक आँधीसंगै आएको हावाहुरी र बर्षाले विद्युत सेवा अवरुद्ध बनाएको छ भने कयौं घरहरु पूर्णरुपमा क्षति भएका छन् । बाढीपछि सडकहरुमा जमेको पानीका कारण सवारीसाधनको आवागमन समेत बन्द भएको छ । हावाहुरीकै कारण सिकागो शहरका दुइओटा विमानस्थल बन्द गराइ त्यहाँबाट हुने सयौं उडान र अवतरण स्थगित गरिएका छन् । तिब्र हावाहुरीबाट तीन ओटा राज्यमा बसोवास गर्ने दशौं हजार मानिसहरु प्रत्यक्ष प्रभावित भएको अधिकारीहरुले बताएका छन् । उच्च वेगमा आएको हावाहुरी र बर्षातले त्यस क्षेत्रमा टोर्नाडो आउनसक्ने संभावना बढाएको भन्दै सतर्क रहन मौसमविद्हरुले आग्रह गरेका छन् । टोनार्डोको सबैभन्दा ठूलो डर अलाबामा राज्यमा देखिएको छ । हावाहुरी र आँधीले मध्यक्षेत्रमा भने असिनापानी पर्ने र हिमपात हुने पुर्वानुमान गरिएको छ । प्राकृतिक विपद् प्रभावित मानिसहरुलाई आश्रयस्थलमा जान र बच्ने उपाय अवलम्वन गर्न प्रशासनले आग्रह गरेको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्