Business , News

लम्जुङमा पुननिर्माणको अनुदान रकम वितरण भएन

Sun Jan 12

काठमाडौं, पुष २७:लमजुङमा भुकम्पबाट क्षति भएको निजि आवास पुनःनिर्माणका सरकारले दिने अनुदान रकम वितरण रोकिएको लामो समय हुँदा पनि अझै वितरण सुरु भएको छैन् । लामो समय अनुदान रकम रोकिएपछि त्यहि पैसाबाट घर बनाउने तरखर गरिरहेका भुकम्प पिडितहरु अन्योलमा परेका छन् । भूकम्प गएको ४ बर्ष बितिसक्दा पनि लमजुङका अधिकांश भूकम्प पिडितको घर पुनःनिर्माण हुन सकेको छैन् । ऋणलिएर घर बनाईरहेका भूकम्प पिडितहरु पनि प्राविधिक नभएपछि समस्यामा परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता वापतको अनुदान रकम  लिईसक्न पिडितहरुलाई पुनः आग्रह गरेको छ । तर जिल्लाका अधिकांश पिडित भने रकम नै नपाईने हो कि भन्ने चिन्तामा छन् । उता निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीले पाउनुपर्ने करिब ५ करोड भुक्तानी रकम रोकिएको जिल्ला स्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । रकम फुकुवाको लागी केन्द्रिय आयोजना कार्यान्वयन इकाईमा पटक–पटक पहल गर्दा पनि सुनुवाई नभएको कार्यालयले जनाएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्