Business , News

रानी पोखरी पुन: निर्माणको काम तीव्र

Sun Jan 12

काठमाडौं, पुष २७:आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको छ । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ । पोखरीको ४६ प्रतिशत काम सकिएको छ । पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो । निधार्रीत समयमै सक्नेगरी कामले गति लिएको प्राधिकरणको दाबी छ । बालगोपालश्वर मन्दिरमा काठको काम भइरहेको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आगामी वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्ने पाउनेछन् । रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाख रुपैया बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड रुपैया बजेट विनियोजन गरेको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्