News , Sports

फ्रेन्ड्स क्लव अंक तालिकामा तीन स्थान माथि

Mon Jan 13

काठमाडौं, पुष २८:शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत दर्ता गर्दै फ्रेन्ड्स क्लवअंक तालिकामा तीन स्थान माथि उक्लिएको छ । हिजो भएको खेलमा थ्री स्टार क्लबलाई१-० गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्सले महत्वपूर्ण तीन अंक जोडेको हो । फ्रेण्डसका लागि खेलको १३ औं मिनेटमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरेका थिए । यो जीतपछिपुछारबाट दोस्रोमा रहेको फ्रेन्ड्स ६ खेलमा ५ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ । हिजै भएको अर्को खेलमा ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वती क्लवले पनि लिगमा पहिलो अंक जोडेकोछ । लिगमा आज पनि दुइओटा नै खेल हुने कार्यक्रम छ । आज १२ बजेबाट सुरु हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र नेपाल पुलिस क्लवले प्रतिस्पर्धा गर्दैछन् । यसैगरी दिउँसो ३ बजेबाट हुने तय भएको अर्को खेलमा च्यासल र अर्को विभागीय टोली एपिएफ क्लव भिड्दैछन् । दुबै खेल दशरथ रंगशालामानै हुनेछन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्