News , Politics

बेलायतमा राजकुमार र राजकुमारीका बारेमा खुला छलफल

Mon Jan 13

काठमाडौं, पुष २८:बेलायती महारानी र राजकुमार ह्यारीले ड्यूक एवम् डचिस अफ ससिक्सको भावी भविष्य र भूमिकाबारे आज प्रत्यक्ष छलफल गर्ने कार्यक्रम छ । दरबारका अधिकारीहरूले दिएको जानकारी अनुसार राजकुमार ह्यारीका पिता प्रिन्स अफ वेल्स चाल्स र दाजु ड्युक अफ केम्ब्रिज विलियम पनि त्यो बैठकमा सहभागी हुने अनुमान छ । गत हप्ता ड्यूक र डचिस अफ ससिक्स राजकुमार ह्यारी र मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गर्नुभएको थियो । आज हुने छलफलमा के सहमति हुन्छ भन्ने कुरा विशेष महत्वका साथ हेरिएको छ । राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ड्यूक र डचिस अफ ससिक्सको घोषणा पछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि आजको बैठक तय भएको हो । ह्यारी र मेगन क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा जानुभएको थियो । त्यहाँबाट स्वदेश फर्किएपछि अप्रत्याशित रूपमा विज्ञप्ति प्रकाशित गर्दै दरवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा आएको थियो । दरवारका सदस्यसँगमा छलफल नै नगरी ह्यारी र मेगनको एकाएक गरेको घोषणाका कारण राजपरिवार दुःखी भएको बताइएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्