News , Politics

थाइल्याण्डमा सरकार विरोधी प्रदर्शन

Mon Jan 13

काठमाडौं, पुष २८:थाइल्याण्डमा सरकारको विरोध गर्दै दशौं हजार मानिसहरु सडक प्रदर्शनमा उत्रिएका छन् । सेनाले समर्थन गरेको वर्तमान सरकारले लोकतान्त्रिक अधिकार संकुचित बनाएको भन्दै स्वतन्त्रताको पक्षमा राजधानी वैंककमा मानव सागर उर्लिएको हो । सर्वसत्तावादको विरोध नाम दिइएको प्रदर्शनमा सहभागी हुन १० हजार बढीले नाम नै दर्ता गराएको बताइएको छ । एका विहानै भएको प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री प्रायुथ चान-ओचा र उहाँको सरकारको विरुद्ध नारा लेखिएका टि-सर्ट लगाएर नारावाजी गरेका थिए । गत साल सरकार र सेनाबीच विवाद बढेपछि थाइल्याण्डमा गतसाल भएको आमनिर्वाचनबाट पुर्व सैनिक प्रमुख सत्तामा आएका थिए । पाँच वर्षलामो सेना र सरकारको विवाद अन्त्य गर्दै पूर्ण प्रजातन्त्र सहितको स्थायित्व चाहेका जनताले त्यसको अनुभुति गर्न नपाएपछि विरोध र प्रदर्शन गरेको बताएका छन् । सरकार विरोधी प्रदर्शन भइरहेकै समयमा सरकारको समर्थनमा समेत जुलुस निकालिएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्