Business , News

मुस्ताङमा पर्यटकहरुको चहलपहल

Mon Jan 13

काठमाडौं, पुष २८:हिमालपारीको जिल्ला मुस्ताङको यारुजो डाँडामा पछिल्लो समय पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको यारुजो डाँडामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिति बाक्लै देखिन थालेको हो । मुस्ताङ भ्रमणमा जाने पर्यटकहरु यारुजो डाँडामा पुग्ने गरेका छन् । समुद्र सतहदेखि ३ हजार ७ सय ५० मिटरको उचाइमा रहेको यारुजो डाँडाबाट पवित्र कालीगण्डकी नदी र वरिपरिको बस्ती निकै रोमाञ्चक देखिन्छ । यारुजो डाँडामा रहेको भ्यु–टावरबाट निलगिरी, धौलागिरी, मानापाथी, टुकुचे हिमाल लगायत अन्नपूर्ण हिमश्रृङ्खलासहित १ दर्जन बढी हिमालहरु प्रत्यक्ष हेर्न सकिन्छ । यारुजो डाँडाबाट मुस्ताङको सदरमुकाम जोमसोम बजारका साथै अन्य वस्तीहरुका साथै जोमसोम विमानस्थल पनि देखिन्छ । त्यस्तै उपल्लो मुस्ताङको केही भाग र तिब्बती प्लेट टु समेत देखिन्छ । यारुजो डाँडा आसपासको जङ्गलमा लोपोन्मुख वन्यजन्तुहरु हिउँचितुवा, कस्तुरी, मृग, नाउर, डाँफे लगायत पाइन्छन् । यारुजो डाँडाको भ्रमणमा जाने विदेशी पर्यटकले यसलाई गेट वे अफ हेभन अर्थात् स्वर्ग जाने बाटो भन्ने गरेको स्थानीयवासी बताउँछन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्