Business , News

हुम्ला, मुगु र डोल्पा संचार सम्पर्क विहिन

Mon Jan 13

काठमाडौं, पुष २८:कर्णाली प्रदेशका ३ जिल्ला एघार दिनदेखि सञ्चार सम्पर्क बिहिन भएको छ । कालिकोटको महाबु लेकमा रहेको रेडियो लिकंको टावरमा बिग्रेपछि कर्णाली प्रदेशको हुम्ला,मुगु र डोल्पा जिल्ला सञ्चार बिहिन भएको हो । सञ्चार सम्पर्कमा समस्या आएपछि जिल्लाका सरकारी तथा गैहसरकारी कार्यालय र स्थानीय सास्ती भोग्न बाध्य छन । हुम्ला जिल्लामा संञ्चालन रहेका एफएम रेडियोहरुलाई समेत समस्या भएको छ । हुम्ला जिल्ला अहिले स्काई फोनबाहेक अन्य सेवा बन्द रहेको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले मर्मतका लागि कर्मचारी पठाएको भएपनि हिमपातले बिच बाटोबाटै फर्किएको जनाएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्