Business , News

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनको तयारी

Mon Jan 13

काठमाडौं, पुष २८:धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनको तयारी अघि बढेको छ । रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने रेल विभागले जनाएको छ  । रेलमार्गको निर्माण सम्पन्न भइसकेको र सेट आइपुगेपछि रेल सञ्चालन हुने विभागले जनाएको हो  । सरकारले भारतीय सरकारी कम्पनी कोनकान मार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । रेल सेट आइपुगेको एक महिनापछि सञ्चालन गर्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । रेलमार्ग निर्माण सम्पन्न भए पनि बाढीले कमला नदीको तटबन्ध भत्काउँदा झण्डै एक सय मिटर रेलमार्ग बगाएको छ । भारतीय कम्पनीले सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत ठेकेदार कम्पनीले काम गर्ने विभागका प्रवक्ता तथा वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताउनुभयो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भइरहेको हो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्