News , Politics

प्रतिनिधि सभाको बैठक स्थगित भएकोमा काँग्रेसको आपत्ती

Mon Jan 13

काठमाडौं, पुष २८: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएकामा असहमति प्रकट गरेको छ । काँग्रेसले विज्ञप्ति जारी गर्दै संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भए पनि तीन महीनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न नसकेको भन्दै विरोध प्रकट गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा नयाँ सभामुख चयनका लागि प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र प्रतिनिधिसभालाई सत्तारूढ दलभित्रको विवादको छायाँमा पार्न खोज्नु गलत भएको उल्लेख छ । काँग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई सुझाव दिदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपासँग आग्रह गरेको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्