News , Politics

नेकपा भित्र सभामुख चयनको विषय पेचिलो बन्दै

Mon Jan 13

काठमाडौं, पुष २८:प्रतिनिधि सभाको बैठक माघ ६ गते सम्मका लागि स्थगन गरिएको छ । सभामुखको उम्मेदवार चयनमा भएको ढिलाइले प्रतिनिधिसभाको बैठक तेश्रो पटक स्थगित पनि गरिएको हो । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले भने नेकपाका शीर्ष नेतृत्वकै आग्रहमा हिजो बस्ने भनिएको बैठक स्थगन गरेको जानकारी दिदै र पार्टीले सभामुखमा आफनो नाम सिफारिस नगरेसम्म राजिनामा नदिने अडान दोहोराउनु भएको छ । सत्ताधारी दल नेकपाभित्र सभामुख पदमा कसलाई उमेद्वार बनाउने भन्ने विषय पेचिलो बन्दै जाँदा प्रतिनिधि सभाको बैठक पटक पटक प्रभावित भएको हो । हिजोको लागि बोलाइकएकव बैठक पनि अन्तिम समयमा आएर माघ ६ गतेका लगि सारिएको छ । नेकपा शीर्ष नेतृत्वको आग्रहमा बैठक स्थगन गरिएको उपसभामुख शिवमायाँ तुम्वाहाम्फेले बताउनुभयो । नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा उपसभामुख तुम्बाहाम्फेले नेताहरुको विशेष आग्रहमा  बैठक स्थगन गरिएको बताउनुभयो । यस्तै नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा दिन गरेको आग्रहबारे औपचारिक नआएको बताउँदै दलले सभामुखको उम्मेद्वार टुंगो नलगाएसम्म प्रतिनिधि सभालाई नेतृत्व विहिन बनाउन नहुने उहाँले बताउनुभयो । सभामुखमा आफ्नो पहिलो दावी रहेको र पार्टीले आफ्नो नाम शिफारिस नगरे आफुले राजिनामा दिने सम्भावन न्यून रहेको पनि उहाँको भनाइ थियो । यता प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विज्ञप्ती निकालेर प्रतिनिधि सभाको बैठक स्थगित हुन दुखद भएको उल्लेख गरेको छ ।। 

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्