News , Sports

छैटौं चरणको अन्तिम खेल आज

Tue Jan 14

काठमाडौं, पुष २९:शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत छैटौँ चरणको अन्तिम खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच खेल हुनेछ । आजको खेल जितेमा त्रिभुवन आर्मी १५ अङ्कका साथ लिगको शीर्ष स्थानमा पुग्नेछ । छैटौँ चरण अन्तर्गतका खेलहरू सकिन लाग्दा ब १३ अङ्कका साथ मछिन्द्र क्लशीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ भने थ्री स्टार क्लब  १० अङ्कसहित चौथो स्थानमा छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्