News , Politics

गोलीकाण्डमा साउदी सेनाका क्याडेट दोषी

Tue Jan 14

काठमाडौं, पुष २९:गत महिना अमेरिकाको हवाई अड्डामा भएको सामूहिक गोलीकाण्डमा साउदी सेनाका क्याडेट दोषी पाइएपछि अमेरिकाले साउदी सेनाका २१ जना सदस्यलाई अमेरिकाबाट निस्कासन गर्ने भएको छ । उनीहरुलाई साउदी एयरफोर्सका लेफ्टिनेन्टलाई सहयोग पुर्‌याएको भन्ने आरोप भने गलत भएको बताइएको छ । अमेरिकी महान्याधिवक्ता विलियम बारले ती क्याडेटहरुसँग जिहादी सम्बन्धी सामग्री भेटिनुका साथै बालबालिकाका अभद्र चित्रहरु भेटिएको बताएका छन् । गत डिसेम्बर ६ मा भएको हमलामा तीन जना नाबिकहरु मारिनुका साथै ८ जना घाइते भएका थिए । हमलापछि साउदी सेनाका लागि जारी प्रशिक्षण अमेरिकाले रोकेको छ । महान्याधिवक्ता बार सोमबार पत्रकार सम्मेलन गर्दै गत महिना अमेरिकी नभल हवाई अड्डामा  गरिएको आक्रमण आतंकवादी भएको बताउनु भयो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्