Business , News

पश्चिमी न्यून चापीय वायुको प्रभाव कायमै

Tue Jan 14

काठमाडौं, पुष २९:पश्चिमी न्यून चापीय वायुको प्रभावले सुदुर पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक देखि सामान्य बदली रहेको छ । हिजो अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र हल्का वर्षा भएको छ । तर गए रातिबाट पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुदै र मौसममा सुधार भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली  रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  देखि मध्यम  हिमपात हुने सम्भावना रहेको छ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्