News , Politics

भ्रष्टाचार सम्बन्धी बढी उजुरी २ नम्बर प्रदेशमा-अख्तियार

Tue Jan 14

काठमाडौं, पुष २९:अख्तियार दुरुपयोग अनुशन्धान आयोगले २९ औ बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । राष्ट्रपति भवन शितलनीवासमा आयोजित समारोहमा आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले आर्थिक बर्ष २०७५/०७६को बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नु भएको हो ।  अख्तियार दुरुपयोग अनुशन्धान आयोगले गत आर्थिक बर्षमा विशिष्ठ श्रेणी देखि सहायक स्तरसम्मका कर्मचारी, जननिर्वाचित एव मनोनीति सार्वजानिक ब्यक्ती गरी कुल २१० जनालाई भ्रष्टाचारको मुद्धा दायर गरेको बताएको छ । राष्ट्रपति विध्यादेवी भण्डारीलाई आर्थिक बर्ष २०७५ /७६ को बार्षिक प्रतिवेदनका अनुशार गत बर्षमा १४७ जना रंगेहात प्रकाउ गरिएको जसमा सलग्न राष्ट्रसेवक कर्मचारी १सय ४७ र ७ जना मनोनित र २९ मतियार गरी कुल २१० जना विरुद्ध कारवाही चलाइएको अख्तियारले जनाएको छ । यसैगरी भ्रष्टाचार सम्बन्धि बढी उजुरी पर्ने प्रदेशमा प्रदेश नम्बर दुइ र तीन रहेका छन् । यसैगरी अख्तियार पर्ने उजुरी मध्ये स्थानीय तहसँग सम्वन्धित उजुरी बढी परेका छन् । मन्त्रालय गत रुपमा हेर्दा गत बर्षमा बढी उजुरी पर्नेमा संघीय मामिला, शिक्षा, भूमि ब्यवस्था, बन तथा वातावरण र स्वास्थ्य तथा बातावरण मन्त्रालय रहेका छन् ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले आफ्ना रणनीतिहरुलाइ थप ससक्त बनाउदै अगाडी बढ्ने वताउनु भएको छ ।  यसैगरी आयोगले हाल प्रधामन्त्री कार्यालयको मातहतमा रहेको सम्पति सुद्धिकरण अनुसन्धान विभाग अख्तियार दुरुपयोग अनुशन्धान आयोग मातहत राख्ने ब्यवस्था गर्न सुझाव दिएको छ । अनुचित कार्यलाई आयोगको क्षेत्रअधिकार भित्र राख्न आवश्यक कानूनी ब्यवस्था गर्न पनि आयोगको सूझाब छ । यसैगरी राजनीतिक दल र एवं स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गर्ने चन्दा र अन्य आय बैंकिङ् प्रणाली मार्फत मात्र लिने ब्यवस्था गर्न आयोगले जोड दिएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्