News , Politics

रुसी प्रधानमन्त्रीद्वारा राजिनामा

Thu Jan 16

काठमाडौं, माघ ०२:रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफू सत्तामा रहिरहने अभिप्रायले संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री सहित सरकारका मन्त्रीहरुले पदबाट राजिनामा दिएका छन् । राष्ट्रपति पुटिनले विद्यमान संवैधानिक व्यवस्थाको सुधारका लागि प्रस्ताव ल्याएको बताएपनि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेभले भने संशोधन प्रस्ताव आफ्नो शक्ति लम्व्याउने अभिप्रायले आएको भन्दै राजीनामा दिनुभएको छ । प्रस्ताव पारित भएमा हाल राष्ट्रपतिमा निहित अधिकार संसद मातहत जानेछ । यसैगरी संसदलाई प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार हुनेछ । लामो समयदेखि राष्ट्रपति पुटिनका सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आउनु भएका प्रधानमन्त्री मेदभेदेभलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गर्नुभएको छ । एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्न रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गर्नुभएको थियो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्