Business , News

अमेरिका र चीनबीच व्यापार सम्झौता

Thu Jan 16

काठमाडौं, माघ ०२:अमेरिका र चीनले झण्डै दुई बर्ष देखिको आपसी व्यापार युद्धलाई अन्त्य गर्न सम्झौता गरेका छन् । अमेरिकाको राजधानी वासिङटन डिसीमा भएको भएको वार्ता पछि दुबै देश असमझदारी अन्त्यगर्दै व्यापार सहजता कायम गर्न सहमत भएका हुन् । अमेरिकाले चीनिया समानमा गरेको कर बृद्धी र त्यसको बदलामा चीनले चालेको समान अतिरिक्त कर लगाउने निर्णयले विश्व व्यापार नै प्रभावित भएको थियो । सम्झौता अनुसार चीनले व्यापार तनाव सुरुहुनु भन्दा अघीको भन्दा थप २०० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामान आयात गर्ने र व्यक्तिगत सम्पत्तिको नियमलाई थप परिस्कृत गर्ने प्रतपवद्धता जनाएको छ । यसैगरी अमेरिकाले पनि चीनीया समानमा लगाउदै आएको कर आधा कटौती गर्ने सहमति जनाएको छ । यो सम्झौताले दुबै देशका लागि जितको अवस्था सृजना गरेको र विश्व व्यापारमै सकारात्मक प्रभावपार्ने चीनियाँ अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पछि अमेरिकी अर्थतन्त्रले नयाँ गती लिने विश्वास व्यक्त गर्नुभएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्