Business , News

लोकमार्ग निर्माणमा भोर्लेटारबासीको विरोध

Thu Jan 16

काठमाडौं, माघ ०२:राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अन्तगर्त लमजुङको भोर्लेटारका प्रभावितहरुले विरोध प्रदर्शन गरेका छन् । सडकको नक्शांकन भएको ट्रयाक छोडेर खेती योग्य जमिन मास्न लागेको भन्दै मध्यनेपाल नगरपालिका–६, भोर्लेटारको रानीपानी देखि रामवजारसम्मको चार किलोमिटर क्षेत्रका स्थानीयले संघर्ष समितिनै बनाएर विरोध गरेका हुन् । नयाँ ट्रयाक अन्तर्गतका प्रभावितहरुले संघर्ष समितिनै गठन गरी नयाँ ट्रयाक खोल्न नदिने चेतावनी दिएका छन् । बजार भन्दाबाहेक सडक खनेमा किसानहरुको उठिबास हुने उनीहरुको भनाइ छ । प्रभावित स्थानीयले क्षतिपूर्तीको समेत माग गरेका छन् । यसअघि आवास क्षेत्रमा पर्ने गरी सडक डिभिजनले कायम गरेको ४२ मिटर फराकिलो बाटोलाई छलेर नयाँ ६४ मिटरको सडक कायम गरिएको संघर्ष समितिले जनाएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङमा पर्ने ४५ किलोमिटर सडकमध्ये सुन्दरवजारमा ८ किलोमीटर र मध्यनेपालको १ किलोमिटरखण्डमा स्थानियको अवरोधका कारण सडम निर्माणमा अन्यौलता बढेको हो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्