News , Politics

भूकम्पबाट हुने जोखिम न्युनिकरणमा सरकार अग्रसर -प्रधानमन्त्री

Thu Jan 16

काठमाडौं, माघ ०२:प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गर्नुभएको छ । बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज दिनुभएको सन्देशमा प्रधानमन्त्री ओलीले समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको स्मरण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर भएको पनि उल्लेख गर्नभएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्