Business , News

आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Thu Jan 16

काठमाडौं, माघ ०२:   २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।  ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस गत पुस १५ देखि यही माघ १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्