Others

भुकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ भुकम्प सुरक्षा दिवस मनाईयो।

Thu Jan 16

काठमाडौं,माघ२;भुकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ आज मुलुकका बिभिन्न स्थानमा २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । यसै उपलक्ष्यमा गृह मन्त्रालयको आयोजना तथा भक्तपुर नगरपालिकाको व्यवस्थापनमा आयोजित विशेष कार्यक्रमको आयोजना गरिएको थियो। यसअवसरमा विभिन्न इन्जिनियरिङ्ग कलेजमा अध्ययनरत बिद्यार्थीहरुद्धारा तयार पारिएको भुकम्प प्रतिरोधी भवनको प्रदर्शनी समेत गरिएको थियो ।
भुकम्प सुरक्षा दिवस कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कुनै पनि प्रकोपका कारणबाट हुन सक्ने धनजनको क्षति न्यूनिकरणका लागि सबैलाई एकजुट हुन आव्हान गर्नु भयो।मन्त्री थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेमात्र दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने उहाँले बताउनुभयो । सुरक्षित पूर्वाधारलाई मजबुत गर्ने र संरचनाहरुलाई मजबुत नबनाई नागरिकहरुलाई सुरक्षा दिन नसक्ने उहाँको भनाई थियो।
कार्यक्रममा राष्ट्रिय पूनर्निमाण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीले सरकाले तिन किस्तामा दिएको रकमले गर्दा नै सुरक्षित आवासको निर्माण भइरहेको बताउदै आज जनताको घरघरमा गएर जनशक्तिले काम गरिराखेको बताउनुभयो।यसै अवसरमा काठमाडौंको भूगोल पार्कमा आयोजित भूकम्प स्मृति सभामा मन्त्री थापाले विपद्बाट जोगिन नागरिकस्तरमा सचेतना फैलाउनु पर्नेमा जोड दिनु भयो। उहांले नागरिकलाई जागरुक गराइ आफ्नो सुरक्षा आफैं गर्न सक्ने अवस्थामा पुर्‍याउनु पर्ने भन्दै त्यसका लागि सरकारले सचेतना अभियान चलाउने जानकारी दिनु भयो।

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा भूकम्प सुरक्षा दिवस मनाइएको हो । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाईएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस गत पुस १५ देखि यही माघ १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ ।।
दिवस कै अवसरमा काभ्रेमा पनि विभिन्न कार्यक्रम आयोजना गरियो ।यसक्रममा जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेले प्रभातफेरीको आयोजना गर्योर । सोही अवसरमा धुलिखेलमा रहेको नेपाली सेनाको बिष्णुदल गणले भूकम्प पश्चात घाईतेहरूको कसरी उद्धार गर्ने भन्ने बारे पुर्वाअभ्यास गरेको थियो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्