News , World

युगान्डामा बाढीका कारण १६ जनाको मृत्यु

Mon Dec 9

काठमाडौं, मंसिर २३:अफ्रिकी मुलुक युगान्डामा एक साता भन्दा बढी समय लगातार वर्षा भएपछि आएको बाढीका कारण १६ जनाभन्दा बढीको मृत्यु भएको छ । रेडक्रसका अनुसार लगातारको वर्षाका कारण जनधनको क्षति धेरै भएको हो । उद्दारकर्ताहरुले बाढीमा फसेकाहरुको उद्दार गर्नुका साथै मृतकहरुको शव खोजी कार्य पनि जारी राखेका छन् । आकस्मिक बाढीका कारण युगान्डाको पश्चिमी बुन्दिबुग्यो क्षेत्र नराम्ररी प्रभावित भएको छ । प्रभावित क्षेत्रका घरहरु बाढीले बगाएको छ । थुप्रै सडकहरु क्षतिग्रस्त भएका छन् । पछिल्ला केही हप्तादेखि पूर्वी अफ्रिकाको ठूलो भूभाग बाढी र पहिरोको चपेटामा परेको छ । हजारौंको मृत्यु भएको छ भने दशौं लाख मानिस घरबार बिहिन भएका छन् । यस्ता प्राकृतिक विपद्का घटनाहरु हुनुमा हिन्द महासागरको मौसममा देखिएको अस्वभाविक गतिविधिका कारण भएको मौसमविज्ञहरुको भनाई छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्