News , Politics

प्रतिरक्षाका लागि सु की अन्तराष्ट्रिय अदालतमा

Mon Dec 9

काठमाडौं, मंसिर २३:म्यान्मा विरुद्ध लागेको आमहत्या र नरसंहारको आरोपको प्रतिरक्षाकालागि म्यानकी प्रजातन्त्रवादी नेतृ एवम् वर्तमान स्टेट काउन्सिलर विदेशमन्त्री आङ साङ सु की अन्तर्राष्ट्रिय अदालत पुग्नुभएको छ । देशको रखाइन प्रान्तमा बसोबास गरिरहेका अल्पसंख्यक रोहिञ्ज्या समुदायमाथि सरकारी सेनाले व्यापक दमन गरेको र त्यो सहन नसकी झण्डै सात लाख रोहिञ्ज्याहरु शरणार्थीका रुपमा छिमेकी मुलुक बंगलादेश भागेको विषयलाई लिएर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेको छ । त्यही मुद्दामा सरकारका तर्फबाट प्रतिरक्षाका लागि सु की नेदरल्याण्डसको  हेग जानुभएको हो ।  अल्पसंख्यक मुस्लिम समुदाय माथि व्यापक दमन र उनीहरुको आमहत्या भएको आरोप सहित इस्लामिक संगठनका तर्फबाट गाम्बियाले म्यान्मा विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेको छ । म्यान्मा माथि सन् २०१७ मा भएको घटनामा सरकारी सेना र सुरक्षाकर्मीहरुबाट अल्पसंख्यक समुदायको अस्तित्व मेटाउने गरी सामूहिक बतात्कार, हत्या र आगजनी गराइएको आरोप छ । तर म्यान्मा सरकारले भने उक्त आरोपको प्रतिकार गर्दैं आइरहेको छ । त्यही घटनालाई लिएर वर्तमान सरकारमा विदेश मन्त्रीको समेत जिम्मेवारीमा रहनु भएकी सन् १९९१ को नोवल शान्ति पुरस्कारको विजेता सु कीको समेत आलोचना भइरहेको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्