News

नेपाल र वंगलादेशका राष्ट्रपतिबिच द्विपक्षिय भेटवार्ता

Wed Nov 13

काठमाडौं,कार्तिक२७: नेपाल भ्रमणमा रहनु भएका वंगलादेशका राष्ट्रपति अव्दुल हमिदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय सितल निवासमा द्विपक्षिय भेटवार्ता गर्नु भएको छ । भेटका वेला वंगलादेशका राष्ट्रपति हमिदले स्वतन्त्रता संग्राम र त्यसपछिको स्वतन्त्रता चरणमा नेपालले वंगलादेशलाइ लगाएको गुन अविस्मरणिय रहेको वताउनु भयो । विश्व मञ्चमा वंगलादेशलाइ स्वतन्त्र राष्ट्रको हैसियत दिन नेपालले देखाएको तत्परताका लागि उहाँले धन्यवाद समेत दिनु भयो ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लामै समयपछि भएपनि आफ्ना समकक्षीलाइ नेपालमा स्वागत गर्न पाउदा खुसी लागेको धारणा व्यक्त गर्नु भयो । यस्ता भ्रमणले दुइदेशवीचको सम्वन्ध अझ मजवुत वनाउन सहयोगी हुने वताउनु भयो । सो अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो । वंगलादेशका राष्ट्रपति अव्दुल हमिद सितल निवास पुग्नु हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्