Business

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकद्वारा प्रदेश नम्बर ३ को नामांकन बागमती र तत्कालका लागि राजधानी मकवानपुरको हेटौडा राख्ने निष्कर्ष । | Sun Dec 29

काठमाडौं,पौष१५:सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नामांकन बागमती र तत्कालका लागि राजधानी मकवानपुरको हेटौडा राख्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लामो छलफल पछि सबैको भावना समेटी सो निर्णय गरिएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस

प्रदेश प्रहरी गठनको बाटो खोलिदिन संघीय सरकारलाई आग्रह | Sun Dec 29

काठमाडौं, पुष १३:सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले प्रदेश सरकारलाई नेतृत्वदायी भूमिकासहित प्रदेश प्रहरी गठनको बाटो खोलिदिन संघीय सरकारलाई आग्रह गरेका छन् । संघीय प्रहरी ऐनले प्रदेश प्रहरीलाई दिएको भूमिका अर्पयाप्त भएको उनीहरुको निश्कर्ष छ । सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मंत्रीहरुले प्रादेशिक शान्ति सुरक्षा, अपराध नियन्त्रण र अपराधिक कार्यलाई कानुनको दायरामा ल्याउन […]

पुरा पढ्नुहोस

चिसो बढेसँगै एलपी ग्याँसको माग बढ्दो | Sun Dec 29

काठमाडौं, पुष १३:देशभर बढेको चिसोसँगै एलपी ग्यासको माग पनि बढेको छ । चिसोमा हिटर ताप्ने, पानी तताउने र कोठा तातो बनाउनेलगायतका गतिविधि बढेपछि ग्यासको माग बढेको नेपाल आयल निगमले जनाएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार चिसो बढेपछि १२ देखि १५ प्रतिशत माग वृद्धि भएको छ । निगमका निर्देशक दीपक बरालले चिसो बढेपछि […]

पुरा पढ्नुहोस

देशभर केही दिन चिसो निरन्तर बढिरहने | Sun Dec 29

काठमाडौं, पुष १३:उल्लेखनीय मौसमी प्रणाली विकसित नभएका कारण देशभर अझै केही दिन चिसो निरन्तर बढिरहेने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केहि दिन यताबाट निरन्तर बढिरहेको चिसोले देशभरको जनजीवन भने नराम्ररी प्रभावित बनाएको छ । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा हिजो यो बर्षकै सबैभन्दा […]

पुरा पढ्नुहोस

चिसोले हुम्लामा जनजीवन प्रभावित | Sun Dec 29

काठमाडौं, पुष १३:हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । करिब ५०० घरधुरी रहेको सो गाउँमा रुघाखोकीका बिरामीले गाउँ नै थला […]

पुरा पढ्नुहोस

रारामा माछा मर्न थाले | Sun Dec 29

काठमाडौं, पुष १३:कर्णालीको रारा तालमा पाइने विश्वकै दुर्लभ असला माछा एक सातादेखि मर्न थालेपछि चासो र चिन्ता बढेको छ । माछा मर्नुको कारण भने थाहा हुन सकेको छैन । मरेका र विरामी माछाको आँखा सामान्यभन्दा केही ठूलो हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । माछा दिनहुँ मरिरहेका छन् । तर मरेका माछा तालमा रहेका हाँसहरुले तत्कालै […]

पुरा पढ्नुहोस

अरुण तेश्रो आयोजनाको काम सुरु | Sun Dec 29

काठमाडौं, पुष १३:लगानी बोर्डले पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपछि संखुवासभामा निर्माणाधीन अरुण तेश्रो आयोजनाको काम सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, गाउपालिका र पीडित बीच चाडै बिवाद समाधान गर्ने सहमति भएको हो । सहमति पछि सडक अवरुद्ध र सुरुङ निर्माणको काम आजबाट सुरु भएको हो । अरुण तेश्रोको काम करिब ३० प्रतिशत […]

पुरा पढ्नुहोस

भानु र बन्दीपुर ब्यवस्थित शहरमा परिवर्तन गर्ने तयारी | Sun Dec 29

काठमाडौं, पुष १३:व्यवस्थित रुपमा शहरको विकास गर्ने लक्ष्यका साथ सरकारले घोषणा गरेका ५ वटा नयाँ शहर मध्येको एक तनहुँको भानु नगरपालिका र बन्दिपुर गाँउपालिकाका विभिन्न क्षेत्रमा सडक, पार्क लगायतका कामले तिब्रता पाएका छन् । तनहुँको डुम्रे भन्सारमा नयाँ शहरको पुर्वाधारका कामहरु धमधाम भइरहेका छन् । सो क्षेत्रमा सडक निर्माणले प्राथामिकता पाएको छ । आयोजना अन्तर्गत् […]

पुरा पढ्नुहोस

अमेरिकामा विमान दुर्घटना | Sun Dec 29

काठमाडौं, पुष १३:संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी राज्य लुजिआनाको लाफायतिमा वालमार्ट सुपरमार्केट छेउमै विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विमानमा सवार एक जनाको भने जीवितै उद्दार गरिएको छ । दुर्घटनाग्रस्त विमानले सडकमा गुडिरहेको कारलाई ठक्कर दिंदा कारका चालक सहित दुई जना घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ९ बजे विमानस्थलबाट […]

पुरा पढ्नुहोस

रुस, चीन र इरानको संयुक्त सैन्य अभ्यास | Sun Dec 29

काठमाडौं, पुष १३:क्षेत्रीय जलमार्ग सुरक्षाको चुनौती सामना गर्ने उद्धेश्य सहित रुस, चीन र इरानले त्रिदेशीय संयुक्त सैन्य अभ्यासको आयोजना गरेका छन् । ओमान सागरमा आयोजना गरिएको चार दिने संयुक्त सैन्य अभ्यासमा तिनओटै मुलुकका जलसेनाका सैनिक अधिकारी र जलयुद्धक दस्ता एवम् उपकरणहरु संलग्न गराइएका छन् । इरानको राष्ट्रिय टेलिभिजन च्यानलले जनाए अनुसार पाकिस्तानको सिमा नजिकै रहेको […]

पुरा पढ्नुहोस
1 55 56 57 58 59 287

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्