Business

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट | Tue Mar 31

काठमाडौं, चैत्र १८ः गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने मेसिन लगिएको हो । आज बिहान हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिकको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेको हो । मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ । […]

पुरा पढ्नुहोस

‘लकडाउन’को असरः मालबाहक सवारीमा लुकिछिपी यात्रा | Tue Mar 31

काठमाडौं, चैत्र १८ः कोभिड-१९ को सङ्क्रमण रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश (लकडाउन) को समयमा यही चैत १४ र १५ गते चितवनको आँपटारीबाट ट्राफिक प्रहरीले १४ वटा ट्रकसहित १६ गाडी नियन्त्रणमा लियो । एउटा ट्रकसहित तीन गाडी भारतीय नम्बर प्लेटको थियो । उक्त गाडीमा लुकेर गएका ४७४ व्यक्ति कोचिएर यात्रा गरिरहेको […]

पुरा पढ्नुहोस

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा | Tue Mar 31

काठमाडौं, चैत्र १८ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएका अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजीक रहेका अस्पताल वा सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्था […]

पुरा पढ्नुहोस

पाटन अस्पतालले अन्य देशसँग प्राविधिक सल्लाह गर्ने | Tue Mar 31

काठमाडौं, चैत्र १८ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका समस्या समाधानार्थ प्राविधिक सल्लाह गर्न सहजताका लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिनुभयो । मन्त्रालयको सचिवस्तरीय […]

पुरा पढ्नुहोस

घुम्ती सेवामार्फत ग्यास बिक्रीः गुनासो फोनमार्फत गर्न सकिने | Tue Mar 31

काठमाडौं, चैत्र १८ः नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवामार्फत ग्यास वितरण गर्ने भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको जनाएको छ । निगमका अनुसार साधारण उपभोक्तालाई विभिन्न […]

पुरा पढ्नुहोस

ओलम्पिक प्रतियोगिता एक बर्षका लागि स्थगित | Tue Mar 31

काठमाडौं, चैत्र १८ः जापानमा यही जुलाई महिनामा आयोजना हुने तय भएको ग्रीष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिता टोकियो ओलम्पिक २०२० एक बर्ष पर धकेलिएको छ । कोरोना भाईरसको विश्वव्यापी महामारीका कारण प्रतियोगिता आयोजना गर्न कठिन हुने देखिएपछि अन्तर्राष्ट्रियओलम्पिक कमिटीसँगको परामर्शमा प्रतियोगिताको आयोजक जापानले एक वर्षका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । अब टोकियो ओलम्पिक अर्को बर्ष […]

पुरा पढ्नुहोस

कोरोनाबाट सार्क सदस्य राष्ट्रहरुमा ६८ जनाको मृत्युः पाकिस्तानी प्रधानमन्त्री पनि संक्रमित | Tue Mar 31

काठमाडौं, चैत्र १८ः विश्वव्यापी स्वास्थ्य महामारी बनिरहेको नोभल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रहरुमा ६८ जनाको मृत्यु भएको छ । सार्क सदस्य मुलुकहरुमध्य भारतमा सबैभन्दा धेरै ३८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या भने पाकिस्तानमा धेरै छ । प्रधानमन्त्री इमरान खानलाई समेत सङ्क्रमण भएको पाकिस्तानमा १ हजार ६२५ […]

पुरा पढ्नुहोस

हुम्ला–सर्केगार्डमा फ्लु फैलिएको बेला औषधीको अभाव | Tue Mar 31

हुम्ला, चैत्र १८ः हुम्ला-सर्केगार्ड गाँउपालिका वडा नं २ रिपगाउँमा सिजनल फ्लुका बिरामी बढदै गएका छन् । गत पुष महिनाबाट सुरु भएको सिजनल फ्लु हालसम्म नियन्त्रणमा नआएको स्वाथ्यकर्मीले बताएका छन् । यसैबीच स्वास्थ्यचौकीमा औषधी अभाव भएपछि आधा डोज औषधी दिएर बिरामीलाइ घर फर्काउने गरेको स्वास्थ्यचौकी रिपका इन्चार्ज चन्द्रसिह कार्कीले बताउनुभयो । रुघाखोकी, ज्वरो र टाउको दुख्ने लगायतका […]

पुरा पढ्नुहोस

पाल्पाका निजी मेडिकल तथा शिक्षण अस्पतालले आकस्मिक सेवा बन्द गर्दा विरामी मर्कामा | Tue Mar 31

काठमाडौं, चैत्र १८ः सरकारले देशभरका सबै अस्पताललाई आकस्मिक सेवा बन्द नर्गन आग्रह गरेको भएपनि पाल्पाका निजी मेडिकल तथा शिक्षण अस्पतालले यसको पालना गरेका छैनन् । निजी मेडिकल तथा शिक्षण अस्पतालले आकस्मिक सेवा समेत बन्द गरेपछि विभिन्न रोगका बिरामीले उपचार पाउन सकेका छैनन् । ज्वरो आएका बिरामी त अस्पताल पुगेर पनि सिधै घर फर्किन बाध्य छन् […]

पुरा पढ्नुहोस

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ | Tue Mar 31

काठमाडौं, चैत्र १८ः बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’देखिएको छ । पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । उनी वैदेशिक रोजगारीका […]

पुरा पढ्नुहोस
1 5 6 7 8 9 366
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्