Featured

काँग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने | Sun May 31

काठमाडौं, जेठ १८ः प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी […]

पुरा पढ्नुहोस

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित | Sun May 31

काठमाडौं, जेठ १८ः विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण पछिल्लो विवरण अनुसार नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा […]

पुरा पढ्नुहोस

गर्भवतीले जितिन् कोरोना | Sat May 30

चितवन, जेठ १७ः गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म […]

पुरा पढ्नुहोस

कोरोनामुक्त भयो भक्तपुर | Sat May 30

भक्तपुर, जेठ १७ः भक्तपुर नगरपालिका- ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ । काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ महानगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने ती पुरुष आज घर फर्किएसँगै भक्तपुर कोरोनाभाइरसमुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । भक्तपुरमा […]

पुरा पढ्नुहोस

जोलाहनपूर्वाका सबै सङ्क्रमितले जिते कोरोना | Sat May 30

बाँके, जेठ १७ः नेपालगञ्जको कोरोना सङ्क्रमित टोलका रुपमा चिनिएको जोलाहनपूर्वाका सङ्क्रमित सबै जनाले कोरोनालाई पराजित गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ स्थित यहाँका सङ्क्रमित सबै २४ जना कोरोना पराजित गरी घर फर्किएका छन् । बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराइरहेका ३६ वर्षीय एक पुरुषको दोस्रो रिपोर्ट आज नेगेटिभ आएसँगै जोलाहनपूर्वाका सबै जना […]

पुरा पढ्नुहोस

नेकपा सचिवालय : संसद्बाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन | Sat May 30

काठमाडौं, जेठ १७ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ । नेकपाभित्र एमसिसी सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हितविपरित भएकाले त्यसलाई परिमार्जन गरेर पारित गर्न आवाज उठेपछि झण्डै एक वर्षदेखि उक्त सम्झौता अनुमोदनको विषय प्रतिनिधिसभामा […]

पुरा पढ्नुहोस

विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे तयारी | Sat May 30

काठमाडौं, जेठ १७ः कोरोना संक्रमण केही कम भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे तयारी गरिएको छ । विमानस्थल पुर्ववत् सञ्चालनमा आएपछि यात्रुहरुबीच सामाजिक दुरी कायम गर्न मिल्ने गरी र भिडभाड नहुने गरी मार्किङ लगायत संरचना निर्माणको काम गरिएको हो । विमानस्थलमा विश्व स्वास्थ संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्डका […]

पुरा पढ्नुहोस

सीमा क्षेत्रमा भारतद्वारा सडक निर्माण शुरुः प्रदेशसभा सदस्यद्वारा विरोध | Sat May 30

रुपन्देही, जेठ १७ः अन्तरराष्ट्रिय सन्धिसम्झौता र मापदण्ड विपरीत भारतले सीमा क्षेत्रमा चार लेन सडक निर्माण शुरु गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकासँग सीमा जोडिएको क्षेत्र नजीकै सडक निर्माण शुरु भएपछि स्थानीयवासी डुबानको समस्या हुने भन्दै चिन्तित भएका छन् । भारतीय पक्षले वर्षात्मा पानी रोक्ने हिसाबले सीमा क्षेत्रको १५ मिटर नजीकैबाट झण्डै ६ फिट अग्लो सडक […]

पुरा पढ्नुहोस

कूटनीतिक वार्तामार्फत भूमि फिर्ता गर्छौं : मन्त्री अर्याल | Sat May 30

काठमाडौं, जेठ १७ः भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतसँग कूटनीतिक वार्तामार्फत निर्विकल्प आफ्नो भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रोग्रेसिभ इञ्जिीनियरिङ एशोसिएसन नेपाल (पीन) गण्डकीले आयोजना गरेको भौगोलिक सूचना प्रणाली(जिआइएस एण्ड रिमोट सेन्सिङ एप्लिकेशन) सम्बन्धी दुईदिने अनलाइन तालिमको आज उद्घाटन गर्दै उहाँले हालै नक्सामा समावेश गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक […]

पुरा पढ्नुहोस

एकैदिन १८९ जनामा सङ्क्रमण, सङ्क्रमित १४०१ पुग्यो, १३ जना डिस्चार्ज भएर घर फर्किए | Sat May 30

काठमाडौं, जेठ १७ः कोभिड-१९ को सङ्क्रमण आज एकै दिन १८९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८९ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । ती सङ्क्रमितमध्ये पुरुष १८५ र महिला चार रहेका छन् । आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार […]

पुरा पढ्नुहोस
1 2 3 4 449
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्