Others

टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता | Thu Apr 9

काठमाडौं, चैत्र २७ः नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत २०७६ देखि २०७७ वैशाख […]

पुरा पढ्नुहोस

लकडाउनमा काठमाडौँ बाहिर जान दिने भन्ने सत्य होइन : संयोजक पोखरेल | Thu Apr 9

काठमाडौं, चैत्र २७ः कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार (यही चैत २८-२९ गते) काठमाडौँ प्रवेश गर्न नपाइने तर काठमाडौँबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ । समितिका संयोजक ईश्वर पोखरलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख छ । “यस्तो गम्भीर परिस्थितिमा […]

पुरा पढ्नुहोस

सवारीसाधन चल्ने निर्णय भएको छैन : मन्त्री नेम्वाङ | Thu Apr 9

काठमाडौं, चैत्र २७ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ । सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पार्नुभएको हो । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले […]

पुरा पढ्नुहोस

यात्रुहरु पैदलै आ-आफ्नो गन्तव्यतर्फ | Thu Apr 9

काभ्रे, चैत्र २७ः विश्वमा महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरसको संक्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले लकडाउनको अवधि बैशाख ३ गतेसम्म लम्बाएपछि काठमाण्डौका विभिन्न ठाउँहरुमा काम गर्ने मजदुरहरु पैदल गर्दै घर फर्कन थालेका छन् । काभ्रेको अरनिको राजमार्ग र विपि राजमार्गको सडक हुँदै दैनिक सयौँको संख्यामा ति मजदुरहरु रात दिन नभनी पैदल हिडेरै […]

पुरा पढ्नुहोस

झापामा लकडाउन उल्लघंन गर्नेलाई १ घण्टासम्म उभ्याएर छाडिने | Thu Apr 9

झापा, चैत्र २७ः तेस्रो चरणको लकडाउन चलिरहदा जिल्ला प्रहरी झापाले थप कढाई गर्दै नियम उल्लंघन गर्नेहरुलाई एक घण्टा उभ्याएर कोरोनाबाट बच्नको लागि सचेतना गरि पठाउने गरिएको छ । सुरुको दिन नै झापाको बिर्तामोडमा एक सय बढी सर्वसाधारणलाई नियन्त्रणमा लिएर प्रहरीले छाडेको छ । उनीहरुलाई सामाजिक दुरीमा एक घण्टा उभ्याएर पठाईएको थियो । साँझको समयमा विभिन्न बहाना […]

पुरा पढ्नुहोस

फिफा वरियतामा नेपाल यथावत | Thu Apr 9

काठमाडौं, चैत्र २७ः विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि […]

पुरा पढ्नुहोस

विद्युत् महसुलमा छुट: आत्मनिर्भरताको बाटोमा ऊर्जाको फड्को | Thu Apr 9

काठमाडौं, चैत्र २७ः सरकारले देशभित्रै उत्पादन हुने विद्युतलाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ । लकडाउनका समयमा खाना पकाउने एलपी ग्यासको अभाव हुने भन्दै चौतर्फी हल्ला फैलिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १५० यूनिटसम्म विद्युत् खपत गर्नेलाई चैत महिनामा २५ प्रतिशतसम्म महसुल छुट दिने […]

पुरा पढ्नुहोस

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात | Thu Apr 9

काठमाडौं, चैत्र २७ः तीन महिनादेखि बन्द तातोपानी नाकाबाट कोभिड-१९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनको खासाबाट हिजो अपराह्न नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनको हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिममा शुरु भएको नोबेल कोरोना भाइरस संक्रमण भएपछि गत माघ १३ गतेदेखि […]

पुरा पढ्नुहोस

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ… | Thu Apr 9

काठमाडौं, चैत्र २७ः कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काइ ओपिडी सेवासमेत सञ्चालन गरेको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले […]

पुरा पढ्नुहोस

वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन | Thu Apr 9

काठमाडौं, चैत्र २७ः वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर घोषित लकडाउनको अवस्थामा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको हानी नोक्सानी हुन नदिन पत्राचार गरेको छ । बुधबार मन्त्रीस्तरीय निर्णयानुसार लकडाउनको अवस्थामा वन तथा वन्यजन्तुको संरक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले […]

पुरा पढ्नुहोस
1 2 3 4 5 379
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्