Politics

घडीयाल गोहीका अण्डा सङ्कलन | Thu May 28

चितवन, जेठ १५ः राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका नौवटा गुँडमा भएका अण्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले करीब तीन सय अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा राखेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चैत महिनामा गोहीले अण्डा पार्ने गर्दछ । निकुञ्जले गत एक सातायता ती गुँडहरुबाट अण्डा सङ्कलन गर्न शुरु […]

पुरा पढ्नुहोस

विश्वभर कोरोना संक्रमित र मृत्यु हुनेको संख्या आकस्मिक रुपमा बढ्यो, विगत २४ घन्टामा ५ हजार बढीको मृत्यु | Thu May 28

काठमाडौं, जेठ १५ः विश्वभर कोरोनाबाट मृत्यु हुने र नयाँ संक्रमितको संख्या आकस्मिक रुपमा बढेको छ । विगत २४ घण्टामा ५ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ भने १ लाख २ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा मात्रै विगत २४ घण्टामा १ हजार ५ सय २२ जनाको मृत्यु भएको छ । अमेरिकामा […]

पुरा पढ्नुहोस

राष्ट्रपतिबाट २३३ कैदीको बाँकी कैद मिनाहा | Thu May 28

काठमाडौं, जेठ १५ः राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । यसैगरी […]

पुरा पढ्नुहोस

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन | Thu May 28

काठमाडौं, जेठ १५ः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेपछि प्राविधिक समिति गठन गरिएको हो । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले प्लान्ट क्वारेन्टाइन तथा […]

पुरा पढ्नुहोस

एक सातामै १३ हजार कर्णाली छिरेः व्यवस्थापनमा हम्मे हम्मे | Thu May 28

काठमाडौं, जेठ १५ः दैनिक रुपमा स्वदेश भित्रिने नागरिकहरुको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारलाई हम्मे हम्मे परेको छ । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको हो । […]

पुरा पढ्नुहोस

कोरोनाको आशङ्का गरिएका एकजनाको मृत्यु | Thu May 28

धनगढी, जेठ १५ः सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको हिजो मृत्यु भएको छ । गौरीफन्टा सीमानाकाबाट मङ्गलवार अस्पताल पुर्‍याइएका कैलालीको गौरीगङ्गा नगरपालिकाका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताउनुभयो । भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस भएपछि उनलाई अस्पताल पुर्‍याइएको अस्पतालका सूचना अधिकारी दिलीप […]

पुरा पढ्नुहोस

उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस | Thu May 28

काठमाडौं, जेठ १५ः काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको भनिएपनि अझै लुकीछिपी आउने क्रम रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन् । प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो […]

पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश | Thu May 28

काठमाडौं, जेठ १५ः राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ । १३औँ गणतन्त्र दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी […]

पुरा पढ्नुहोस

गणतन्त्रबाट प्राप्त उपलव्धीलाइ समुन्नत राष्ट्र निर्माणमा उपयोग गर्न प्रधानमन्त्रीको आह्वान | Thu May 28

काठमाडौं, जेठ १५ः प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै गणतन्त्रबाट प्राप्त उपलव्धीलाइ सामाजिक जीवनका समग्र आयाममा रुपान्तरण गर्दै समुन्नत राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालपछिको अवस्थामा अव सवै राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुनुपर्ने पनि उल्लेख गर्नुभएको छ । कोभिड १९ को महामारी समेतले आक्रान्त बनाएको बेला मुलुकको […]

पुरा पढ्नुहोस

गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा, जेठ १५ युगान्तकारी दिनका रुपमा स्मरण | Thu May 28

काठमाडौं, जेठ १५ः नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भै १३ औ वर्षमा प्रवेश गरेको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन जेठ १५ लाइ नेपालको राजनीतिक इतिहासमा युगान्तकारी दिनकारुपमा स्मरण गरिन्छ । सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनपछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरी देशमा गणतन्त्र स्थापना […]

पुरा पढ्नुहोस
1 2 3 443
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्