Politics

हेलिकोप्टरले सामग्री खसालेको विषयमा छानविन समिति | Tue Feb 25

काठमाडौं फागुन १३ः सोलुखुम्वुमा उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले हेलिकोप्टरमार्फत सोलुखुम्बुको टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सामान खसेको स्थान घना जङ्गल भएको र हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएकाले आकाशबाटै जस्तापाता झरेको […]

पुरा पढ्नुहोस

नयाँ दिल्लीमा भएको प्रदर्शनमा ३ को मृ्त्यु | Tue Feb 25

काठमाडौं, फागुन १३ः भारतमा गत बर्ष जारी भएकोनागरिकता ऐनको प्रावधानलाई लिएर राजधानी नयाँ दिल्लीमा भएको पछिल्लो प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ । पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भारतमा गएका गैर-मुस्लिम आप्रवासीहरुलाई नागरिकता दिने सम्वन्धी प्रावधान सहित जारी भएको नागरिकता ऐनको विषयलाई लिएर भारतका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको छ । त्यसैको निरन्तरतामा सोमवार भएको झडपमा एक […]

पुरा पढ्नुहोस

सुनको बजार मूल्यमा नयाँ किर्तिमान | Tue Feb 25

काठमाडौं, फागुन १३ः अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । सोमवार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ। यो वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो नेपाली बजारमा छापावाल सुन प्रतितोला एक हजार ५०० ले वृद्धि भएको छ […]

पुरा पढ्नुहोस

सर्किट ब्रेक गरेको नेप्से थामियो | Tue Feb 25

काठमाडौं, फागुन १३ः आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से हिजो दुई अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.९६ ले घटेर एक हजार ५०२.१८  भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ । […]

पुरा पढ्नुहोस

कोरोनाको डरले सिरी ए का खेलहरु स्थगित | Tue Feb 25

काठमाडौं, फागुन १३ः इटालीको ए डिभिजन क्लवहरुको फुटबल प्रतियोगिता सिरी ए का खेलहरु कोरोना भाइरसको त्रासका कारण स्थगित गरिएको छ । प्रतियोगितामा अन्तिम चरणका बाँकी चार खेलहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको लिग आयोजकले जानकारी दिPका छन् । यसैगरी इन्टर मिलान क्लवले लुडोग्रेटस संग खेल्न लागेको युरोपा लिग अन्तरगतको खेलपनि बन्द रंगशालामा बिहिवार खेलाउने तयारी […]

पुरा पढ्नुहोस

महिला टि-२० विश्वकपमा भारतको दोस्रो जित | Tue Feb 25

काठमाडौं फागुन १३ः अष्ट्रेलियामा भइरहेको टि-ट्वान्टी महिला विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज बंगलादेश र जिम्वावेबीच खेल हुदै छ । प्रतियोगितामा हिजो भएको खेलमा दोस्रो जित दर्ता गर्ने क्रममा भारतले बंगलादेशलाई पराजित गरेको छ । पर्थमा भएको खेलमा भारतले बंगलादेश माथि १८ रनको जित दर्ता गरायो । यसैगरी हिजो नै भएको अर्को खेलमा घरेलु टोली अष्ट्रेलियाले […]

पुरा पढ्नुहोस

सुशासन र विकास अहिलेको मुख्य कार्यभार होः प्रधानमन्त्री ओली | Mon Feb 24

पोखरा,फागुन१२:प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोेण रहेको उल्लेख […]

पुरा पढ्नुहोस

दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल | Mon Feb 24

काठमाडौं,फागुन१२:प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका […]

पुरा पढ्नुहोस

प्रधानमन्त्रीलाई पोखरामा स्वागत | Mon Feb 24

पोखरा, फागुन१२: प्रधानमन्त्री  एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहाँ पोखरा आउनुभएको हो । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद बस्याल, […]

पुरा पढ्नुहोस

पृथ्वीको आकार अध्ययन गर्ने बैज्ञानिकको दुर्घटनामा मृत्यु | Mon Feb 24

काठमाडौं, फागुन १२:पृथ्वी गोलो नभई चेप्टो छ भनी वैज्ञानिक प्रमाण जुटाउन लागिपरेका एकजना अमेरिकी अन्वेषणकर्ताको रकेट दुर्घटनामा मृत्यु भएको छ । क्यालिफोर्निया स्थित एक मरभूमीबाट अन्तरीक्षमा प्रक्षेपण गरिएको आफैंले निर्माण गरेको रकेट मध्य आकासमा पड्किएपछि माइक हुगिज नाम गरेका ती अन्वेषकको मृत्यु भएको हो । ६४ बर्षिय माइकले वाष्फ शक्तिको मद्दतले उड्ने रकेट बनाएका थिए […]

पुरा पढ्नुहोस
1 2 3 4 5 292

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्