Province

झापामा बाढी : एकको मृत्यु, पाँच परिवार विस्थापित | Sun Jul 12

काठमाडौं, असार २८ः झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको हो । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयले मृतावस्थामा फेला पारेको हुन् । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका […]

पुरा पढ्नुहोस

सहकारीको ४५ करोड हिनामिना गर्ने अध्यक्ष पक्राउ | Sun Jul 12

काठमाडौं, असार २८ः ४५ करोड रुपैयाँ हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको रकम हिनामिना प्रकरणपछि फरार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष […]

पुरा पढ्नुहोस

रसुवागढी नाकाः भन्सार प्रक्रिया शुरू | Sun Jul 12

काठमाडौं, असार २८ः रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको बताइएको छ । चीनको वुहान शहरमा सङ्क्रमण शुरू […]

पुरा पढ्नुहोस

अबैध मिर्गौला प्रत्यारोपणको आरोपमा चिकित्सकहरु पक्राउ | Sun Jul 12

चितवन, असार २८ः कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र […]

पुरा पढ्नुहोस

म्याग्दीमा पहिरामा परी मृत्यु हुनेको संख्या २७ पुग्यो, चार जना अझै बेपत्ता | Sun Jul 12

म्याग्दी, असार २८ः म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा परेर बेपत्ता भएका तीनजना सम्पर्कमा आएका छन् । पहिरामा वेपत्ता अन्य चारजना भने अझै हराइरहेका छन् । पहिरोमा पुरिएर २७ जनाको मृत्यु भइसकेको छ । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको म्याग्दीमा प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो […]

पुरा पढ्नुहोस

पाँच सय परिवार विस्थापित, नौ शव भेटिए | Sun Jul 12

काठमाडौं, असार २८ः पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट-४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण […]

पुरा पढ्नुहोस

तेत्तीस किलो सुन काण्डका आरोपी पक्राउ | Sun Jul 12

काठमाडौं, असार २८ः तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए […]

पुरा पढ्नुहोस

नेपाली समाचार ८ बजे २०७७०३२७ ||8PM NEWS 20770327 || (भिडियो लिङ्क) | Sat Jul 11

  नेपाली समाचार ८ बजे २०७७०३२७ ||8PM NEWS 20770327 || (भिडियो लिङ्क)      

पुरा पढ्नुहोस

सोह्र अन्तर्राष्ट्रिय उडानः एक हजार ४१४ नेपाली फर्किए | Sat Jul 11

काठमाडौं, असार २७ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप […]

पुरा पढ्नुहोस

जनताको विश्वास कसैले चुकाउनु हुँदैनः अध्यक्ष दाहाल | Sat Jul 11

चितवन, असार २७ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ […]

पुरा पढ्नुहोस
1 2 3 4 532
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्