Sports

एक हजार बढी नयाँ पेट्रोलपम्पको आवेदन रद्द | Sun Jul 12

काठमाडौं, असार २८ः नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता)को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ । जनसङ्ख्या, भूगोल, सवारी साधनको सङ्ख्या एवं सड़क घनत्वका आधारमा आवेदन नपरेको निगमले जनाएको […]

पुरा पढ्नुहोस

प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री डा खतिवडा | Sun Jul 12

काठमाडौं, असार २८ः नेपाल विज्ञापन सङ्घसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेका बेला उनीहरुले आगामी आर्थिक वर्षको शुरुआतीदेखि नै विज्ञापनरहित क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन आग्रह गरेका […]

पुरा पढ्नुहोस

थप ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको स‌ंख्या १६,८०१ पुग्यो | Sun Jul 12

काठमाडौं, असार २९ः पछिल्लो २४ घण्टामा थप ८२ कोभिड-१९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ प्रयोगशालामा गरिएका तीन हजार ९१६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ८०१ पुगेको छ । प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये […]

पुरा पढ्नुहोस

धितोपत्र बजार : नेप्सेमा नौ अङ्कको वृद्धि | Sun Jul 12

काठमाडौं, असार २८ः धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२ मा पुगेको छ । आज कूल १७९ कम्पनीका २६ लाख ७८ हजार ५०७ कित्ता शेयर रु एक […]

पुरा पढ्नुहोस

उपत्यकामा ३४७ कोरोना सङ्क्रमित, समुदायमा परीक्षण गरिनुपर्ने आवश्यकता | Sun Jul 12

काठमाडौं, असार २८ः बाहिरी जिल्लामा कोरोना सङ्क्रमित कम हुँदै गर्दा काठमाडौँ उपत्यकाका भने सङ्क्रमित बढेकाले चिन्तित तुल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताउनु भएको छ यीमध्ये धेरैजसो विदेशबाट आएका र कतिपय व्यक्ति यात्रा नभएको पनि पाइएकाले उपत्यकाका १२ स्थानमा नमूना सङ्कलन गरी हालसम्म तीन हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण […]

पुरा पढ्नुहोस

वर्षाका कारण विभिन्न सडक अवरुद्ध | Sun Jul 12

काठमाडौं, असार २८ः नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका छन् । यीमध्ये अधिकांश सडक गत बिहीबारदेखि परेको नियमित वर्षाका कारण अवरुद्ध बनेका थिए […]

पुरा पढ्नुहोस

जाजरकोट पहिरो अपडेटः मृतकको संख्या ११, बेपत्ताहरुको खोजी जारी | Sun Jul 12

जाजरकोट, असार २८ः जाजरकोटमा बिहिबार गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।  बारेकोट गाउँपालिका ४ जिरीको सार्कीटोलमा पहिरोले २ घर बगाउँदा ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गोपाल सार्की उनको छोरा अर्जुन , कलु सार्की उनकी छोरी तिर्खी र कमला छोरा सुभास छन् । कलुको घरमा कुशे गाउँपालिका ९ चौराटाबाट […]

पुरा पढ्नुहोस

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍यो’ | Sun Jul 12

म्याग्दी, असार २८ः धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भन्नुभयो, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।” पहिरोमा भाग्ने […]

पुरा पढ्नुहोस

इन्द्रावती नदीमा बालकसहित तीन बेपत्ता | Sun Jul 12

काभ्रे, असार २८ः इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् । शनिबार साँझ मण्डनदेउपुर नपा-१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको […]

पुरा पढ्नुहोस

अमिताभ बच्चन र अभिषेक पनि कोरोना संक्रमित | Sun Jul 12

काठमाडौं, असार २८ः चर्चित भारतीय अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि कोरोना संक्रमण भएको छ। उहाँहरु दुवै जनाको मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ । दुवै जनामा सामान्य लक्षण देखिएको अभिषेकले  बताउनुभएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । त्यहाँ अहिलेसम्म आठ लाख २० हजार ९१६ जना संक्रमित […]

पुरा पढ्नुहोस
1 2 3 532
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्