Sports

भारतसँगको सिमा तत्काल बन्द गर्न संसदीय समितिको सरकारलाई निर्देशन | Sun Mar 22

काठमाडौं, चैत्र ०९ः संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भारतसँगको सिमा नाका तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । सिहदरबारमा बसेको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तराष्ट्रिय क्षेत्रबाट आएको सहयोगको प्रस्ताव तत्काल स्वीकार गरी त्यसलाई परिचालन गर्न पनि निर्देशन दिएको […]

पुरा पढ्नुहोस

नेपाल आएका ६२ जनालाई क्वारेन्टाइनमा | Sun Mar 22

काठमाडौं, चैत्र ९ः बिभिन्न देशबाट हिजो नेपाल फर्किएका ६२ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका बिभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । हिजो थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो । स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो । […]

पुरा पढ्नुहोस

कोरोनाको जोखिम नियन्त्रणका मुद्दा कडाइका साथ कार्यान्वयन गरिने | Sun Mar 22

काठमाडौं, चैत्र ९ः कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको बैठकले बिरामी भएर आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र जोखिम नबढाउने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस्तो कार्य सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालय र अन्य […]

पुरा पढ्नुहोस

कवाडी सामग्री ल्यान्डफिल साइटबाट सङ्कलन गर्न निषेध | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः काठमाडौँ महानगरपालिकाले कोभिड-१९ को जोखिम हुन नदिन ल्यान्डफिल साइट क्षेत्रबाट कवाडी सामान सङ्कलन गर्न निषेध गरेको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट ककनीको ल्यान्डफिल साइटबाट हरेक दिन कवाडी सामग्री सङ्कलन हुने गर्दथ्यो । विगत १३ वर्षदेखि सो स्थानमा फोहर व्यवस्थापन हुँदै आएको थियो । सफाइ कर्मचारीलाई अनिवार्य […]

पुरा पढ्नुहोस

झापामा ५२ श्ययाको क्वारेन्टाइन, आठ शय्‍याको आइसोलेशन कक्ष | Sat Mar 21

काठमाडौं, चैत्र ०७ः कोभिड–१९ सङ्क्रमणको आशङ्का भएका व्यक्तिलाई राख्न झापाको भद्रपुर र मेचीनगर नगरपालिकामा ४५ शय्‍याको क्‍वारेन्टाइन निर्माण गरिएको छ । भद्रपुर–८ स्थित कलवलगुढी प्रशिक्षण केन्द्रमा ३२ शय्‍याको क्‍वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो । भाइरसको आशङ्का लागेकाको स्वाब परीक्षणका लागि काठमाडौँको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने र १४ दिनसम्म क्‍वारेन्टाइमा राखिने […]

पुरा पढ्नुहोस

गड्डाचौकीमा भारतबाट स्वदेश फर्कने यात्रुको चाप बढ्यो | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ । भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ । नेपालबाट भारततर्फ जाने भारतीय नागरिकलाई मात्रै भारततर्फको नाका प्रवेश गर्न दिइएको छ । भारतले […]

पुरा पढ्नुहोस

कुश्मामा सञ्चालित बन्जी जम्पको सफल परिक्षण | Sat Mar 21

पर्वत, चैत्र ०८ः पर्वतको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिएसँगै बन्जी गर्नेहरुको भिड लाग्न थालेको छ । १२२ प्रहरीले बन्जी गरेका छन् । नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेका हुन् । युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक […]

पुरा पढ्नुहोस

कोरोनाबाट विश्वभर ११ हजार ४१७ जनाको मृत्यु | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर २ लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक […]

पुरा पढ्नुहोस

विभिन्न देशबाट आएका ६३ नेपाली खरिपाटी क्‍वारेन्टाइनमा | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः विभिन्न देशबाट आएका ६३ जना नेपालीलाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको छ । क्‍वारेन्टाइनमा राखिएकोमा ४ जना महिला र एकजना ७४ वर्षीया वृद्ध पनि रहेका छन् । कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु शनिबार नेपाल आएका हुन् । शनिबार जापान, मलेसियालगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण […]

पुरा पढ्नुहोस

जमुनाह नाका हुँदै स्वदेश फर्किने बढ्दै | Sat Mar 21

बाँके, चैत्र ०८ः नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिने नेपालीको सङ्ख्या दैनिक बढेको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि विभिन्न पेशा र रोजगारी गरेर बसेका र त्यहाँका स्कूल तथा कलेजमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किरहेको जमुनाह प्रहरीले जनाएको छ । यसरी फर्किनेमा अधिकांश कर्णाली प्रदेशको कालीकोट, जुम्ला, सुर्खेतलगायत छन् । उनीहरु […]

पुरा पढ्नुहोस
1 16 17 18 19 20 361
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्