Sports

कतारलाई विश्वकप आयोजना गर्न दिने बारेको आर्थिक चलखेलको मुद्दामा नयाँ तथ्य सार्वजनिक | Tue Apr 7

काठमाडौं, चैत्र २५ः सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने अवसर पाउनका लागि कतारले फिफाका पदाधिकारीहरुलाई घुस दिएको आरोपमा भइरहेको सुनुवाइका क्रममा नयाँ तथ्य बाहिर आएको छ । बहसका सहभागी कानून व्यवसायीहरुले ट्वान्टी फस्ट सेञ्चुरी फक्सका कार्यकारीले सन् २०१८ मा आयोजना भएको विश्वकप फुटबल र सन् २०२२ मा कतारमा आयोजना हुने तय […]

पुरा पढ्नुहोस

फ्रान्समा कोरोना भाइरसको प्रकोप शुरु भएयताकै सबैभन्दा बढी मृत्यु | Tue Apr 7

काठमाडौं, चैत्र २५ः फ्रान्समा कोरोना भाइरसको प्रकोप शुरु भएयताकै सबैभन्दा बढी मृत्यु सोमबार भएको छ । सोमबार एकै दिनमा ८ सय ३३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । विगत केही दिनदेखि भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आइरहेको थियो । आइतबार ५ सय १८ जनाको मृत्यु भएकोमा सोमबार सो संख्या ८ सय […]

पुरा पढ्नुहोस

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आईसीयूमा | Tue Apr 7

काठमाडौं, चैत्र २५ः कोरोना भाइरस सङ्क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष आइसियूमा राखेर उपचार शुरु गरिएको छ । ११ दिन अघि भाइरस पोजेटिभ देखिनुभएका ५५ बर्षिय प्रधानमन्त्री जोनसनको स्वास्थ्य बिग्रदै गएपछि आइतवार राती लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । तर कोरोनाको सङ्क्रमण र त्यसको असर बढ्दै गएपछि प्रधानमन्त्रीलाई आइसियूमा राखेर थप उपचार […]

पुरा पढ्नुहोस

नुवाकोटमा लकडाउनको मौका छोपेर काठ तस्करी | Tue Apr 7

नुवाकोट, चैत्र २५ः नुवाकोटमा लकडाउनको मौका छोपेर काठ तस्करी भएको छ । प्रहरीले काठसहित गाडीलाई नियन्त्रणमा लिएको छ । दक्षिणी भेगमा रहेको तारकेश्वर गाउंपालिका–१ उपल्लो छापवाट प्रहरीले अवैध रुपमा ल्याइएको काठसहित गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बा४ख ३४७ नं.को  गाडीबाट बिना टाँचाको अबैध रुपमा ल्याइएको सालको गोलिया खसाली रहेको अबस्थामा डिभिजन […]

पुरा पढ्नुहोस

भीडभाड कम गर्न काठमाडौंका ११ स्थानमा थोक तरकारी बजार | Tue Apr 7

काठमाडौं, चैत्र २५ः बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले तय गरेका स्थानमा कलङ्की, बाफल, स्वयम्भू, वनस्थली, गङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वरचोक रहेका छन् । लकडाउन अवधिभर वैकल्पिक तरकारी बजार सञ्चालनका […]

पुरा पढ्नुहोस

नवलपरासीमा एम्बुलेन्स चालकलाई सुरक्षा सामग्री प्रदान | Tue Apr 7

नवलपरासी, चैत्र २५ः पश्चिम नवलपरासीमा स्वास्थ्य कार्यालयले जिल्लाका सबै एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई उपलब्ध गराएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको पीपीई जिल्लाका सबै एम्बुलेन्स चालकहरुलाई उपलब्ध गराइएको हो । अब बिरामीलाई उपचार केन्द्रसम्म पुर्‍याउन थप सहज हुने अपेक्षा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताउनुभयो । पश्चिम नवलपरासीमा करिब […]

पुरा पढ्नुहोस

बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन | Tue Apr 7

काठमाडौं, चैत्र २५ः हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले यस वर्ष बुधबार मेला आयोजना नगरिए पनि पूजा आराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले बताउनुभयो । विभिन्न समयमा भएका राजनीतिक […]

पुरा पढ्नुहोस

मन्त्रीहरुलाई कोभिड-१९ रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न जिम्मेवारी | Tue Apr 7

काठमाडौं, चैत्र २५ः सरकारले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी दिएको छ । सो अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति र बालबालिकामा कोभिड–१९ को कारणले परेको र पर्नसक्ने असर सम्बोधनका लागि कार्ययोजना बनाउने र […]

पुरा पढ्नुहोस

नेकपाको सचिवालय बैठक मङ्गलबार | Mon Apr 6

काठमाडौं, चैत्र २५ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । लकडाउनपछि नेकपाले पहिलोपटक बैठक बोलाएको हो ।-

पुरा पढ्नुहोस

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु | Mon Apr 6

चितवन, चैत्र २४: पश्चिम चितवनमा गैंडाको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का ३९ वर्षिय पूर्ण बहादुर कुमाल रहेको बेलसहर मध्यवर्ती सामुदायीक बनका अध्यक्ष चेत वहादुर रानाभाटले जानकारी दिनुभयो । रानाभाटका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा न्यूरो टिप्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट […]

पुरा पढ्नुहोस
1 2 3 4 372
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्