Sports

कोरोनाभाइरसबाट विश्वभरि १८,९०७ को मृत्यु, ४ लाखभन्दा बढी संक्रमित | Wed Mar 25

काठमाडौं, चैत्र १२ः विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभर ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई […]

पुरा पढ्नुहोस

काबुलस्थित शिख मन्दिरमा आक्रमण हुँदा २७ व्यक्तिको मृत्यु | Wed Mar 25

काठमाडौं, चैत्र १२ः अफगानिस्तानको राजधानी काबुलमा रहेको शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ । काबुलको गुरूद्वार (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । तालिवान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा स्थानीय समय अनुसार बिहान ७ः४५ मा आक्रमण भएको […]

पुरा पढ्नुहोस

बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण | Wed Mar 25

काठमाडौं, चैत्र १२ः बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उहाँको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो । उहाँकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमण पुष्टि भएसँगै राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बस्नुभएको छ । उहाँलाई […]

पुरा पढ्नुहोस

खाद्य उत्पादन तथा आपूर्ति नरोकिने | Wed Mar 25

काठमाडौं, चैत्र १२ः सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सञ्चालन राख्न सम्बद्ध पक्षलाई आग्रह गरेको मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले जानकारी दिनुभयो । महामारीको जोखिमबाट बच्न जारी गरिएको लकडाउनको […]

पुरा पढ्नुहोस

विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइँदै | Wed Mar 25

काठमाडौं, चैत्र १२ः नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच मुलुकका राजदूतसँग नेपाली कामदारको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँहरुले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया […]

पुरा पढ्नुहोस

आदेश उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा | Wed Mar 25

काठमाडौं, चैत्र १२ः कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आज दिउँसो ३ः०० बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार […]

पुरा पढ्नुहोस

घरमै बसेर जीवन रक्षा गर्न राष्ट्रपतिको आह्वान | Wed Mar 25

काठमाडौं, चैत्र १२ः राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आ-आफ्नै घरमा बस्न आह्वान गर्नुभएको छ । कोभिड–१९बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा सन्देश जारी गर्दै उहाँले सबै नागरिकलाई सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवम् आचारसंहिता पालना गरेर घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य […]

पुरा पढ्नुहोस

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री | Wed Mar 25

काठमाडौ‌ं, चैत्र १२ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गर्नुभएको हो । सन्देशमा भनिएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, […]

पुरा पढ्नुहोस

तीन दिनभित्र औषधि र उपकरण काठमाडौँ आउँछः मन्त्री ढकाल | Wed Mar 25

काठमाडौं, चैत्र १२ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ । पत्रकार सम्मेलनमा आज उहाँले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको र ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्‍याइने  जानकारी दिनुभयो । मन्त्रीका अनुसार ती सामग्री पुर्‍याउनका लागि […]

पुरा पढ्नुहोस

नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि | Wed Mar 25

काठमाडौं, चैत्र १२ः विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो । नेपाल राष्ट्र बैंकले हिजोका […]

पुरा पढ्नुहोस
1 18 19 20 21 22 372
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्