Sports

स्याङ्जामा चट्याङले एक स्थानीयको घर जलेर नष्ट | Fri Mar 20

स्याङ्जा, चैत्र ०७ः स्याङजाको बिरुवा गाउँपालिका ७, गहतेमा चट्याङले जलेर पोनराज गुरुङको घर पूर्ण रुपमा क्षति भएको छ । बिहीबार राती ८ बजे गुरुङको घरमा अचानक परेको चट्याङले मिटरबक्समा हानेको र बिद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ । पोनराज गुरुङको सबै परिवार घर माथी पसलमा बसिरहेको र उनका १५ बर्षिय छोरा कुम राज […]

पुरा पढ्नुहोस

इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले जनाएको छ । सो व्यवस्था बिहीबार रातिदेखि आगामी वैशाख १६ गतेसम्म लागि लागू हुने भएको छ । यस्तै, बैंकमा रकम ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने भएको छ […]

पुरा पढ्नुहोस

राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी असार महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माणाधीन दोर्दी जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो । आगामी असारभित्र आयोजनाको सबै काम सम्पन्न गर्दै बिजुली […]

पुरा पढ्नुहोस

प्रदेश नम्बर २ मा सार्वजनिक सवारी साधानलाई टाइम-कार्ड लागु | Fri Mar 20

बारा, चैत्र ०७ः प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबारबाट लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुलाई टाईम कार्ड लागु गरेको छ । “सडक सुरक्षा सचेतना अभियान” अन्तरगत प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले यो अभियानको रपमा शुक्रबार देखि शुरुवात गरेको हो । अभियान अन्तरगत प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबार लामो दुरीका सवारी साधनहरुलाई […]

पुरा पढ्नुहोस

उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वृद्धि | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् । महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । […]

पुरा पढ्नुहोस

मेलम्चीको पानी वितरणको कार्ययोजना बन्दै | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः मेलम्चीको पानी काठमाडौँ ल्याइसकेपछि कसरी वितरण गर्ने भन्ने सम्बन्धमा सरकारले कार्ययोजनाको तयारी थालेको छ । खानेपानी मन्त्रालयमा आज आयोजित छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजनाका विषयमा छलफल भएको हो । काठमाडौंँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले कार्ययोजना बनाएर पानी वितरण गर्ने तयारी गरिरहेको छ । छलफलमा मन्त्री बिना मगरले पानी वितरण प्रणाली र चुहावटमा […]

पुरा पढ्नुहोस

एक महिनाभित्रमा विमानस्थलहरुको सरसफाइ अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउने प्रतिबद्धता | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले एक महिनाभित्रमा नेपालमा विमानस्थलहरुको सरसफाइ अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउने प्रतिबद्धता जनाउनुभएको छ । सरसफाइ अभियन्ता खेमराज शर्माले देशका ११ वटा विमानस्थलको सरसफाइ अनुगमन र अडिट गरी आएको रिपोर्टमा सरसफाइ सम्बन्धी स्पष्ट निर्देशन नभएको र सरसफाइको अन्तराष्ट्रिय मापदण्ड समेत पूरा नगरेको उल्लेख छ । रिपोर्ट सार्वजनिक […]

पुरा पढ्नुहोस

भारतमा निर्भया सामूहिक बलात्कार काण्डका ४ जना दोषीलाई मृत्युदण्ड | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः भारतमा निर्भया सामूहिक बलात्कार काण्डका ४ जना दोषीलाई मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा आज मृत्युदण्ड दिइएको हो । भारतको सर्वोच्च अदालतले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई आज सवेरै मृत्यु दण्ड दिइएको हो । वास्तविक नाम गोप्य राखिएका […]

पुरा पढ्नुहोस

भारतमा कोरोनाका कारण ४ को मृत्युः स्वघोषित कर्फ्यु आदेश पालना गर्न प्रधानमन्त्री मोदीको आग्रह | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबारदेखि विहान ७ देखि राति ९ बजेसम्म नागरिकहरुलाई स्वघोषित कर्फ्यु आदेश पालना गर्न आग्रह गर्नुभएको छ । भारतमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ४ जनाको मृत्यु भएको छ भने १७७ जना सङ्क्रमित रहेका छन् । विश्वमा महामारीका रुपमा फैलिएको […]

पुरा पढ्नुहोस

बाजुराको स्वामिकार्तिक गाँउपालिकामा अज्ञात रोगबाट २ जना वालवालिकाको मृत्यु | Fri Mar 20

बाजुरा, चैत्र ०७ः बाजुराको स्वामिकार्तिक गाँउपालिकामा अज्ञात रोगले २ जना वालवालिकाको मृत्यु भएको छ । गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको स्थानिय शिक्षक जनेश भण्डारीले वताएका छन् । स्थानियका अनुसार अत्याधिक ज्वरोले दुबै जनाको मृत्यु भएको हो । […]

पुरा पढ्नुहोस
1 19 20 21 22 23 361
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्