Sports

विशेष सेवामा कार्यरत कर्मचारीको उमेरहद ६० वर्ष बनाउन सहमति | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको बैठकले विधेयक संशोधनसहित पारित गरेको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले पारित गरेको विशेष सेवा विधेयकमा विशेष सेवामा कार्यरत कर्मचारीको उमेर हद ६० वर्ष बनाइएको छ […]

पुरा पढ्नुहोस

भारतबाट फर्किएका २ जना नेपाली क्‍वारेन्टाइन | Fri Mar 20

कपिलवस्तु, चैत्र ०७ः भारतबाट फर्किएका २ नेपालीलाई कोरोना भाइरस संक्रमित भए नभएको यकिन गर्न कपिलवस्तुको तौलिहवामा क्‍वारेन्टाइनमा राखिएको छ । दुवैजना भारतमा रोजगारीकालागि गएर फर्किएका युवा हुन् । नेपाल फर्किने क्रममा कोरानाको शंकास्पद लक्षणहरु देखिएपछि उनीहरुलाई तौलिहवास्थित महेन्द्र आधारभुत बिद्यालयमा संचालन गरिएको क्‍वारेन्टाइनमा राखिएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डाक्टर किशोर बन्जाडेले बताउनु भएको छ । एकजनामा […]

पुरा पढ्नुहोस

अर्थतन्त्रमा कोरोना प्रभाव | Thu Mar 19

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढिरहँदा नेपालको पर्यटन क्षेत्र नराम्ररोसँग प्रभावित भएको छ । पर्यटनसँगै उद्योग ,बैदेशिक रोजगारी, पूर्वाधार निर्माण र मनोरञ्‍जनको क्षेत्रमा पनि कोरोनाको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। जसका कारण मुलुकको आर्थिक बृद्धिदरमा असर पर्ने आङ्कलनहरु भैरहेका छन्। कोरोनाका कारण मुलुकको समग्र अर्थतन्त्रमा कतिसम्म असर पर्छ भन्ने विषयमा अहिले सरकारले अघ्ययन गरिरहेको छ । […]

पुरा पढ्नुहोस

मनकामना केवलकार शनिबारदेखि बन्द हुने | Thu Mar 19

काठमाडौ‌ं, चैत्र ०६ः मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ । अब मनकामना केबलकारको सेवा […]

पुरा पढ्नुहोस

कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म ८,९८२ जनाको मृत्यु | Thu Mar 19

काठमाडौं, ०६ः विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभर २ लाख २० हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २५ हजार ४४८ व्यक्ति […]

पुरा पढ्नुहोस

आठ महिनासम्म पुग्ने खाद्यान्न सञ्चित, कालोबजारीमाथि कारवाही | Thu Mar 19

काठमाडौं, चैत्र ०६ः सरकारले कोभिड- १९ को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिने भन्दा बढी सामान खरिद नगर्न […]

पुरा पढ्नुहोस

श्रीलङ्काको संसदीय निर्वाचन अनिश्चितकालका लागि स्थगित | Thu Mar 19

काठमाडौं, चैत्र ०६ः कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलङ्काले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन् । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमतका साथ संसदमा आउने […]

पुरा पढ्नुहोस

प्रतिनिधिसभाको बैठक चैत १३ गते | Thu Mar 19

काठमाडौं, चैत्र ०६ः भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गतेका लागि तोकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी बिहीबार गर्ने निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको सतर्कता अपनाउने सन्दर्भमा बैठकको मिति अर्को साता बस्नेगरी सारिएको हो । कोरोनाको जोखिमलाई दृष्टिगत गरी […]

पुरा पढ्नुहोस

कोभिड-१९ नियन्त्रणका लागि पर्यटन मन्त्रालयको ‘एक्सन’ | Thu Mar 19

काठमाडौं, चैत्र ०६ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका निकायका विभागीय प्रमुखहरुको आज सिंहदरबारमा बैठक बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि आजैदेखि काम थाल्न निर्देशन दिनुभएको हो । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ का […]

पुरा पढ्नुहोस

कोरोना भाईरस सम्बन्धी जानकारीमूलक सामाग्री मोबाईल रिङटोनमा | Thu Mar 19

काठमाडौं, चैत्र ०६ः कोरोना भाईरस कोभिड-१९ बारे जानकारीमूलक सामाग्री आफ्नो मोबाईलमार्फत लिन सकिने व्यवस्था नेपाल टेलिकमले गरेको छ । ‘NT सूचनाको संसार’ सेवा मार्फत टेलिकमको ३२१०० नम्बरमा मोबाइल फोनबाट डायल गरी निशुल्क सुन्न सकिने ब्यवस्था मिलाइएको छ। सो नम्बरमा कल गरेपछि कोरोना भाईरस कोभिड-१९ का लक्षणहरु, फैलने तरिका, उपचार बिधि, संक्रमणबाट बच्न अपनाउनुपर्ने उपाय र साबधानीका […]

पुरा पढ्नुहोस
1 20 21 22 23 24 361
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्