World

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच छलफल | Sun Jul 5

काठमाडौं, असार २१ः पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र प्रचण्ड समूहका तर्फबाट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । पार्टीभित्र […]

पुरा पढ्नुहोस

सुरुङमा पानी हालेर परीक्षण | Sun Jul 5

काठमाडौं, असार २१ः मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख […]

पुरा पढ्नुहोस

लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस | Sun Jul 5

काठमाडौं, असार २१ः शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उहाँका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिनुभएको बताइन्छ । वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गर्नुभयो तर राजकुमार सिद्धार्थले प्राण लिन […]

पुरा पढ्नुहोस

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा | Sun Jul 5

काठमाडौं, असार २१ः हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गर्नुभएको कोरोना (कोभिड-१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । डा. दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको बताउनुभएको छ […]

पुरा पढ्नुहोस

राष्ट्रपतिसँग दाहाल, नेपाल र खनालको संयुक्त भेट | Sun Jul 5

काठमाडौं, असार २१: राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका शिर्ष नेताहरुले भेट्नु भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले‍ भेटवार्ता गर्नुभएको हो । नेकपा भित्रको आन्तरिक विवाद चर्कँदै जाँदा नेताहरुको भेटघाट र छलफल बाक्लिएको छ । हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले आफू र राष्ट्रपतिलाई […]

पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट विदेशमा थप १३ नेपालीको मृत्यु | Sun Jul 5

काठमाडौं, असार २१ः कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक-एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ […]

पुरा पढ्नुहोस

क्वारेन्टिनमा रहेका युवकको मृत्यु | Sun Jul 5

बागलुङ, असार २१ः क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक […]

पुरा पढ्नुहोस

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै | Sun Jul 5

काठमाडौं, असार २१ः नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ । यसैगरी समसामयिक राजनीतिक घटनाक्रमबारे समेत बैठकमा छलफल हुनेछ । कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको छ । कांग्रेसको १३ […]

पुरा पढ्नुहोस

गोंगबुस्थित बसपार्क क्षेत्रमा आगोलागी, १२ वटा माइक्रोबसमा क्षति | Sun Jul 5

काठमाडौं, असार २१ः काठमाडौंको गोंगबु स्थित नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र रोकी राखिएका माइक्रोबसहरुमा आगो लागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आगलागिबाट ८ वटा माइक्रोबस पूर्ण रुपमा क्षति भएको र ४ वटा बस आंशिक रुपमा जलेको प्रहरीले जानकारी दिएको छ । रोकेर राखेका बसहरुमा आगो कसरी लाग्यो भन्ने […]

पुरा पढ्नुहोस

कोरोना रोकथामसँगै अर्थतन्त्र माथि ल्याउनसमेत काम गरिरहेको छः परराष्ट्रमन्त्री ज्ञवाली | Sun Jul 5

काठमाडौं, असार २१ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताउनुभएको छ । सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको अर्थतन्त्रलाई पुनर्ताजगी गर्ने कार्यलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय […]

पुरा पढ्नुहोस
1 2 3 516
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्