World

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित | Fri Feb 14

काठमाडौ, फागुन २: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन आज स्थगित भएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिने कार्यक्रम थियो । राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्याको निधन भएपछि आज गर्ने भनिएको सम्बोधन भोलिलाई सारिएको संसद सचिवालयले जनाएको छ । यसैगरी प्रतिनिधि सभाको आजको […]

पुरा पढ्नुहोस

ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छः मन्त्री बाँस्कोटा | Thu Feb 13

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारवाहीको विवरण खोजिने स्पष्ट गर्नुभयो । […]

पुरा पढ्नुहोस

नेकपाका अध्यक्ष प्रचण्डद्वारा जनयुध्दको नक्कल गरेर विद्रोह सम्भव नहुने स्पष्ट | Thu Feb 13

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा […]

पुरा पढ्नुहोस

एनटिभी न्यूजद्वारा दैनिक सांकेतिक भाषामा समाचार प्रसारण सुरु | Thu Feb 13

एनटिभी न्यूजले आफ्नो नियमित समाचार बुलेटिनमा आजदेखि सांकेतिक भाषामा पनि समाचार प्रसारण गर्न सुरु गरेको छ । दैनिक रुपमा विहान ७ बजे प्रसारण हुने समाचार बुलेटिनमा आजदेखि सांकेतिक भाषा पनि प्रयोग गर्न थालिएको हो । नेपाल टेलिभिजनले २०५३ साल माघ १९ गतेदेखि साप्ताहिक रुपमा सांकेतिक भाषामा एउटा समाचार बुलेटिन प्रसारण गरिरहेको छ । अब यसलाई […]

पुरा पढ्नुहोस

काठमाडौं महानगरले बैशाखदेखि रात्रि बस संचालन गर्ने | Thu Feb 13

काठमाडौं, फागुन ०१:काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन […]

पुरा पढ्नुहोस

शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका खेलहरु आजबाट | Thu Feb 13

काठमाडौं, फागुन ०१:शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम चरण आजबाट शुरु हुदैछ । यही चरणबाट लिगको ४२ औं संस्करणको विजेता छानिने छ । लिगमा शीर्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबसंग १ अंकको मात्रै अग्रता बनाएपछि लिगको उपाधि विजेताको टुङ्गो अन्तिम खेलबाट हुने भएको हो ।लिगमा आज […]

पुरा पढ्नुहोस

नेपाली काँग्रेसको विधानमा केही दफा निलम्बन | Thu Feb 13

काठमाडौं, फागुन ०१:नेपाली काँग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विधानका […]

पुरा पढ्नुहोस

बितेका छ महिनामा वित्त व्यवस्थामा सुधार | Thu Feb 13

काठमाडौं, फागुन १: बितेका छ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा क्रमशः सुधार हुँदै गएको छ भने चालु खाता घाटा आधा भएको छ । भुक्तानी सन्तुलन स्थिति पनि सुदृढ हुँदै गएको छ । विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएकाले समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको छ भने वित्तीय सेवाको […]

पुरा पढ्नुहोस

तालिवान हिंसात्मक कारबाही रोक्न तयार | Thu Feb 13

काठमाडौं, फागुन १: अफगानिस्तान लगायत विभिन्न मुलुकहरुमा हिंसात्मक गतिविधी सञ्चालन गरिरहेको विद्रोही समूह तालिवान हिंसात्मक कारबाही रोक्न सहमत भएको अमेरिकाले बताएको छ । अमेरिकासंगको चरणवद्ध वार्ता पछि तालिबानले हिंसा रोक्न सहमति जनाएको हो । पछिल्लो पटक आइतबार अफगानिस्तानका लागि अमेरिकाका विशेष शान्तिदूतले तालिबानका तालिबानी नेताहरूसँग भेट्नु भएको थियो । भेटका बेला हिंसा अन्त्य गर्दै स्थायी शान्ती […]

पुरा पढ्नुहोस

सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु | Thu Feb 13

काठमाडौं, फागुन १: पृथ्वी राजमार्गको गजुरी नजिकै भएको सवारी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधवार साँझ नायिका सिलवाल र उनकी बहिनी शर्मिला चढेको स्कुटरलाई बसले ठक्कर दिंदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु २ ख […]

पुरा पढ्नुहोस
1 21 22 23 24 25 295

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्