World

एक हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न राखेपको निर्देशन | Tue Mar 17

काठमाडौं, चैत्र ४ः खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले एक हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ । राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्न राखेपले यस्तो निर्णय लिएको […]

पुरा पढ्नुहोस

राष्ट्रिय गौरवका यी आयोजनाः सकारात्मक सन्देश दिंदै | Tue Mar 17

काठमाडौं, चैत्र ४ः सरकारको सार्थक प्रयासका कारण राष्ट्रिय गौरवका आयोजना क्रमशः सफलताको बिन्दुमा पुगेका छन् । संसार नै कोरोना भाइरसका कारण आतङ्कित भइरहेको बेला नेपालमा भने एकाध आयोजनाबाहेक निर्माण क्षेत्रमा खासै प्रभाव परेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलमा सोमबारदेखि पानी जम्मा गरेर परीक्षण थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण […]

पुरा पढ्नुहोस

देशमा उपभोग्य सामग्रीहरुको पर्याप्त व्यवस्था रहेको सम्बन्धित सरकारी निकायहरुको भनाइ | Tue Mar 17

काठमाडौं, चैत्र ४ः देशमा उपभोग्य सामग्रीहरुको पर्याप्त ब्यवस्था रहेको सम्बन्धित सरकारी निकायहरुले जानकारी दिएका छन् । सँघीय प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सँसद सचिवालय सिँहदरवारमा बसेको बैठकमा ति निकायका प्रतिनिधिहरुले त्यस्ता सामग्रीहरुको यथोचित भण्डारणका साथै आयात पनि सुचारु रहेको बताउनुभयो । सो अवसरमा उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्टले कोरोना […]

पुरा पढ्नुहोस

कोभिड-१९ विरुद्धको भ्याक्सिनको परीक्षण | Tue Mar 17

काठमाडौं, चैत्र ४ः विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ विरुद्धको भ्याक्सिनको अमेरिकामा परीक्षण शुरु गरिएको छ । चीनबाट फैलन शुरु भएको भाइरस विरुद्धको औषधी हालसम्म नबन्दा सङ्क्रमण र मृत्यु हुनेको संख्या दिनहुँ बढीरहेको छ । सङ्क्रमणका कारण थप क्षति हुन नदिन अनुसन्धाकर्ताले भाइरस विरुद्धको भ्याक्सिन निर्माण गरी त्यसको परीक्षण गरेका हुन् । शुरुवातमा ४५ जना […]

पुरा पढ्नुहोस

नेपालमा कोरोनाका ‘सबै केस नेगेटिभ’ तर सतर्क रहनुपर्ने | Tue Mar 17

काठमाडौं, चैत्र ४ः नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको जानकारी दिनु भयो। नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान नाष्टले आयोजना गरेको संवाद कार्यक्रममा स्वास्थ्य बिशेषज्ञ तथा नाष्टका बैज्ञानिकहरुले सरसफाइ अपनाउँदा […]

पुरा पढ्नुहोस

धरहराको १०औँ तला ढलानको तयारी | Tue Mar 17

काठमाडौं, चैत्र ४ः पुनःनिर्माण भैरहेको धरहराको १०औँ तला ढलानको तयारी भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यसै साता १०औं तलाको ढलान हुने तयारी गरिएको पुननिर्माणको काममा संलग्न निर्माण कम्पनीले जनाएको छ । यसैबीच रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम पनि तोकिएको समयभित्र सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध […]

पुरा पढ्नुहोस

जताततै डोजर चल्दा मुगुका वनपाखा क्षत विक्षत | Tue Mar 17

काठमाडौं, चैत्र ४ः मुगु जिल्लाका विभिन्न वस्तीहरुमा एस्काभेटरले सडक निर्माण गर्ने होडवाजीका कारण वनपाखाहरु क्षत विक्षत बनेका छन् । संघीयता आएसँगै विकास निर्माणको सम्पूर्ण काम स्थानीय सरकारको जिम्मामा आए पछि  छिटो परिवर्तन देखाउने वाहानामा गाँउ गाँउमा एस्काभेटर पुर्याएर भुगोलको अध्ययन नै नगरी सडक खन्ने कामले वातावरणमा प्रत्यक्ष असर पुगेको छ । कतिपय स्थानीय निकायका पदाधिकारीहरुले […]

पुरा पढ्नुहोस

साँफे मार्तडी सडक खण्ड पहिरोको उच्च जोखिममा | Tue Mar 17

काठमाडौं, चैत्र ४ः बाजुराको साँफे मार्तडी सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । बुढीगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्चजोखिममा रहेको सडक डिभिजन कार्यलय साँफे बगर अछामले जनाएको छ । वैकल्पिक बाटो नखोले वर्षातमा सडक पूर्ण रुपमा बन्द हुने देखिएको छ । गत वर्ष वर्षातको समयमा त्यही ठाँउमा पटक पटक सडक अबरोध […]

पुरा पढ्नुहोस

कोरोनाको विश्वव्यापी कहरः सबैतिर सतर्कता | Tue Mar 17

काठमाडौं चैत्र ४ः कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशहरुले फरकफरक उपाय अपनाएका छन् । पछिल्लो समय सङ्क्रमण तिब्र रुपमा फैलिइरहेको यूरोप र अमेरिकामा मानिसहरुको सामूहिक जमघटका सबै गतिविधीमा प्रतिवन्ध लगाइ धेरै शहरहरुलाई पूर्ण रुपमा लक डाउन गरिएको छ । चीन बाहेकका एशियाली मुलुकहरुमा भाइरसको सङ्क्रमण भयावह नदेखिएपनि प्राय सबै मुलुकहरुले […]

पुरा पढ्नुहोस

कोरोना सङ्क्रमणबाट स्पेनी खेल प्रशिक्षकको मृ्त्यु | Tue Mar 17

काठमाडौं, चैत्र ४ः कोरोना भाईरसको सङ्क्रमणबाट आक्रान्त बनेको स्पेनमा भाइरसकै सङ्क्रमण भएर एक जना युवा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । एट्लेटिको पोर्टाडा अल्टा क्लबसंग आवद्ध २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।कम उमेरका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम रहेपनि मृत्यु भने नहुने बताइएका बेला २१ वर्षिय फ्रान्सिस्कोको मृत्यु भएको हो । उनी कोरोनाका […]

पुरा पढ्नुहोस
1 22 23 24 25 26 357
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्