World

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र परीक्षण | Sat Mar 21

काठमाडौं चैत्र ८ः सम्पूर्ण विश्व समूदाय नै कोरवना भाइरसको महामारी विरुद्ध लडिरहेका बेला  उत्तर कोरियाले भने दुई वटा छोटो दूरीका क्षेप्यास्त्रको परीक्षण गरेको छ । दक्षिण कोरियाली सेना अनुसार शनिवार विहानै उत्तरले पेङ्योङआन प्रान्तबाट पूर्वी सागरमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएको छ । उत्तरले गत महिनाबाट शुरु गरेको सैन्य अभ्यासकै निरन्तरतामा मिसाइल परीक्षण गरेको बताइएको […]

पुरा पढ्नुहोस

पाका व्यक्तिहरुको स्वास्थ्य ख्याल गरेर व्यवहार गर्न यूवालाई आग्रह | Sat Mar 21

काठमाडौं, चैत्र ८ः विश्व स्वास्थ्य संगठनले यूवा उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणको जोखिम कम हुने तर पाका उमेर भएका व्यक्तिहरु चाडै सङ्क्रमित हुने देखिएकोले यूवाहरुलाई सामाजिक जमघट र बृद्धबृद्धाबाट टाढा रहन सचेत बनाएको छ । अब यूवाहरुले अरु कसैको जीवन वा मृत्यु मध्ये कुनलाई रोजेर व्यवहार गर्ने भन्ने सोच्ने बेला आएको विश्व स्वास्थ्य […]

पुरा पढ्नुहोस

कास्कीको बिजयपुर खोलामाथिको पुल निर्माण अलपत्र | Sat Mar 21

काठमाडौं चैत्र ८ः पोखरा महानगरपालिका वडा नं. १३ र मादी गाउँपालिका कमलघारीकोबीचमा पर्ने  बिजयपुर खोलामाथी निमार्णाधिन पक्कीपुलको काम विचमै अलपत्र पारिएको छ । तिनबर्ष पहिले सडक बिभागले पुलको डिजाईन गरी निमार्णको काम शुरु गरेको हो । तर २ वटा पिलर बनाईसकेपछि पुल निमार्ण शुरु गरिएको ठाउँको जमिन कम्जोर रहेको र प्राबिधिक त्रुटी रहेको भन्दै निमार्णको […]

पुरा पढ्नुहोस

मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान आवश्यकः प्रम | Sat Mar 21

काठमाडौं चैत्र ८ः प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुँच पुर्याउन नीति तथा कार्यक्रम मार्फत सरकारले काम अघि बढाउने बताउनुभएको छ । ५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य […]

पुरा पढ्नुहोस

पशुपतिनाथ लगायत मठ मन्दिरमा भक्तजन घटे | Sat Mar 21

काठमाडौं चैत्र ८ः कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए । चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन् । बुधबार सरकारले २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर नबस्न आग्रह गरेपछि […]

पुरा पढ्नुहोस

विदेशीलाई पदयात्रा बन्द | Sat Mar 21

काठमाडौं, चैत्र ८ः कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशी पदयात्रामा जान नपाउने भएका छन् । बोर्डले बिहिवारदेखि लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका […]

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको सम्वोधन बमोजिम कार्यतालिका बनाएर काम गर्न निर्देशन | Sat Mar 21

काठमाडौं, चैत्र ८ः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धमा हिजो देशवासीका नाममा गर्नुभएको सम्बोधन कार्यान्वयन गर्न कोभिड–१९ रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले निर्देशन दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको बैठकले कोभिड–१९ रोकथामका लागि सरकारले गर्नुपर्ने काम कार्यान्वयनको कार्यतालिकासहित अघि बढाउन मुख्य–सचिवको संयोजकत्वमा गठित कार्यदललाई निर्देशन दिएको हो । बैठकपछि […]

पुरा पढ्नुहोस

फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा | Fri Mar 20

काठमाडौं, चैत्र ७ः विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मुल्याङ्कनका आधारमा फिनल्याण्डलाई विश्वको सबैभन्दा खुशी मुलुक घोषणा गरेका बताइएको छ । अनुसन्धानका लागि विज्ञहरूले […]

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठसहित): अत्यावश्यक बाहेकका सेवा बन्द | Fri Mar 20

काठमाडौं, चैत्र ०७ः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गर्नुभएको छ । यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी […]

पुरा पढ्नुहोस

स्याङ्जामा चट्याङले एक स्थानीयको घर जलेर नष्ट | Fri Mar 20

स्याङ्जा, चैत्र ०७ः स्याङजाको बिरुवा गाउँपालिका ७, गहतेमा चट्याङले जलेर पोनराज गुरुङको घर पूर्ण रुपमा क्षति भएको छ । बिहीबार राती ८ बजे गुरुङको घरमा अचानक परेको चट्याङले मिटरबक्समा हानेको र बिद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ । पोनराज गुरुङको सबै परिवार घर माथी पसलमा बसिरहेको र उनका १५ बर्षिय छोरा कुम राज […]

पुरा पढ्नुहोस
1 23 24 25 26 27 366
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्