World

गल्छी देखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणले तिब्रता पायो | Wed May 27

रसुवा, जेठ १४ः रणनितिक महत्वको आयोजनाको रुपमा रहेको गल्छी देखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणले तिब्रता पाएको छ । कोरोना भाइरसका कारण अधिकांश ठाउँमा कामदारको अभावले निर्माणका गतिविधिहरु रोकिएपनि गल्छीदेखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणले भने तिब्रता पाएको हो । स्थानिय १५० कामदारले पुल निर्माणको काम गरीरहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो […]

पुरा पढ्नुहोस

हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु | Wed May 27

मकवानपुर, जेठ १४ः देशका विभिन्न भागमा हिजो साँझ आएको हावाहुरी र असिनापानीले जनधनको क्षति गरेको छ । हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हावाहुरीकै कारण मकवानपुरको सरिखेतमा पनि दुईजना घाइते भएका छन् । नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणालीका साथै […]

पुरा पढ्नुहोस

सङ्घीय संसद्को प्रतीकचिह्नमा राखियो अद्यावधिक नक्सा | Wed May 27

काठमाडौं, जेठ १४ः सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीकचिह्न परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले सङ्घीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय […]

पुरा पढ्नुहोस

कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण | Wed May 27

काठमाडौं, जेठ १४ः एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परिमाणको सहुलियतपूर्ण ऋणले कोरोनाविरुद्ध लड्न थप सहयोग पुग्ने […]

पुरा पढ्नुहोस

प्रधानमन्त्रीबाट एकताबद्ध भई संशोधनका पक्षमा उभिन दलहरुलाई आग्रह | Wed May 27

काठमाडौं, जेठ १४ः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन अनुरोध गर्नुभएको छ । नेपालको अद्यावधिक नक्शा संविधानको अनुसूची (निशान छाप) मा राख्न संविधान संशोधन गर्ने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा संसद्‍मा रहेका पार्टीका नेताहरुबीचको छलफलमा उहाँले राष्ट्रियताका विषयमा सिङ्गो राष्ट्र विगतदेखि […]

पुरा पढ्नुहोस

सङ्घीय संसद्‍मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश | Tue May 26

काठमाडौं, जेठ १३ः सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो । अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराउनुभएको थियो । […]

पुरा पढ्नुहोस

घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह | Tue May 26

काठमाडौं, जेठ १३ः राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनामा […]

पुरा पढ्नुहोस

नेपालमा एकै दिन ९० जना कोरोना संक्रमित थपिए; संक्रमितको संख्या ७७२ पुग्यो | Tue May 26

काठमाडौं, जेठः १३ः नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या आज ९० जना थप भएको छ । यो सँगै संक्रमित हुनेहरुको कूल संख्या ७ सय ७२ पुगेको छ । नेपालमा अब कोरोना संक्रमण ४६ जिल्लामा भेटिइसकेको छ । यसैबीच कोरोना संक्रमणबाट निको भइ अस्पतालबाट घर फर्किनेहरुको संख्या पनि १ सय ५५ पुगेको छ । पछिल्लोपटक वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय […]

पुरा पढ्नुहोस

चौरजहारी घटना छानवीन गर्न समिति | Tue May 26

काठमाडौं, जेठ १३ः रुकुम पश्चिम चौरजहारीको घटनाका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा चौरजहारी घटनाका बारेमा जानकारी दिनुहुँदै गृहमन्त्री रामबहादुर थापाले छानबीन समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँले चौरजहारी घटनामा नवराज बिक सहित ३ जनाको शव भेरी नदीमा फेला परेको र […]

पुरा पढ्नुहोस

क्वारेन्टाइनमा महिलाको मुत्यु | Tue May 26

प्युठान, जेठ १३ः प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उनी लामो समयदेखि भारतमा ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले […]

पुरा पढ्नुहोस
1 2 3 4 5 443
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्