World

जापानमा एक जना सुमो खेलाडीको कोरोना भाइरसबाट मृत्यु | Thu May 14

काठमाडौं, जेठ १ः जापानका एक जना सुमो खेलाडीको कोरोना भाइरस कोभिड-१९ संकरमण भएर मृत्यु भएको छ । २८ वर्षिय सुमो रेसलर सोबुसीको कोरोना संक्रमणका कारण मृत्यु भएको जापान सुमो संघले जनाएको छ । भाइरसको संक्रमणका कारण शिरीरका धेरै अंगहरुले काम गर्न छोडेपछि उनको मृत्यु भएको संघले जनाएको छ । उनको वास्विक नाम कियोताका सुइटेक रहेको पनि […]

पुरा पढ्नुहोस

अफगानिस्तानको प्रसुति अस्पतालमा आक्रमण, २४ जना मारिए | Thu May 14

काठमाडौं, जेठ १ः अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालमा बन्दुकधारीहरुले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको छ । आक्रमणमा परी थप १६ जना घाइते भएको बताइएको छ । मंगलबार बिहान भएको हमला लगत्तै सुरक्षाकर्मीहरुले अस्पताललाई घेरा हालेपछि बुधबार बिहानसम्म अस्पतालभत्रै बसेका बन्दुकधारीहरु र सुरक्षाकर्मीहरुबीच दोहोरो गोली हानाहान भएको थियो । शुरूमा शृंखलावद्ध रुपमा बम विस्फोटन गराइएको […]

पुरा पढ्नुहोस

कोरियामा गुम्यो पाँच लाखको रोजगारीः नेपाली पनि प्रभावित | Thu May 14

काठमाडौं, जेठ १ः कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो । यसरि रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा […]

पुरा पढ्नुहोस

कोरोना निर्मूल हुदैन सचेत बन्नुसः विश्व स्वास्थ्य संगठन | Thu May 14

काठमाडौं, जेठ १ः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कोभिड-१९ को अस्तित्व सधै रहिरहने भन्दै सचेतताका लागि पुनः अपिल गरेको छ । भाइरस र यसको संक्रमण निर्मूल हुने संभावना न्यून रहेकोले हेलचेक्र्याईं नगर्न पनि उसले सचेत बनाएको छ । स्वास्थ्य संगठनका आपतकालिन निर्देशक माइक राइनले कोरोनालाई एच.आइ.भीको भाइरस सरह नै भन्दै कोरोना भाइरसको समाप्तिका विषयमा गरिएका हल्लाहरुमा […]

पुरा पढ्नुहोस

कपिलवस्तुमा फेला परेका कोरोना संक्रमितहरु प्रायः भारतबाट लुकिछिपी आएकाहरु भएको पुष्टी | Thu May 14

कपिलवस्तु, जेठ १ः कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करीब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । गत वैशाख २७ गते भारतका विभिन्न शहरबाट फर्केर चोर नाका हुँदै नगरपालिका आएर क्वारेन्टाइनमा बसेका १०३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिको र अवस्था सामान्य रहेको जनाइएको छ […]

पुरा पढ्नुहोस

भारतसँग सीमा जोडिएका रुपन्देहीका सबै पालिकाहरुमा आवागमन पूर्णरूपमा बन्द | Thu May 14

रुपन्देही, जेठ १ः भारतसँग सीमा जोडिएका रुपन्देहीका सातवटा पालिकाहरूमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ । सीमावर्ती स्थानिय तहमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आवागमन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको संयुक्त बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा पाँच दिनसम्म आवागमन पूर्ण रूपमा बन्द गर्ने […]

पुरा पढ्नुहोस

एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ, यसअघि जारी भएका सबै ई-पास खारेज | Thu May 14

काठमाडौं, जेठ १ः गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास आज देखि लागू हुने गरी खारेज गरेको छ । पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा […]

पुरा पढ्नुहोस

‘आर्थिक पुनःउत्थान र कृषि क्षेत्रमा आगामी बजेट केन्द्रित’ | Thu May 14

काठमाडौं, जेठ १ः अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक पुनःउत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाले स्वास्थ्य पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । रोग र भोकसँग लड्नुपर्ने […]

पुरा पढ्नुहोस

मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर | Thu May 14

काठमाडौं, जेठ १ः नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला गतसाता भारतले सो क्षेत्रमा सडक उद्घाटन गरेको सार्वजनिक भएपछि सरकार, राजनीतिक दल, नागरिक क्षेत्र र […]

पुरा पढ्नुहोस

भक्तपुरमा घरबाहिर निस्कन निषेध | Thu May 14

काठमाडौं, जेठ १ः सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा  प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ पाण्डेले जिल्लामा […]

पुरा पढ्नुहोस
1 29 30 31 32 33 456
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्