World

ए डिभिजन लिगको ११औं चरण आजबाट, शीर्ष दुईको खेल आजै | Thu Feb 6

काठमाडौं माघ, २३ गतेः  शहीद स्मारक ए डिभिजन लिग फुटबलको ११औं चरण आजबाट शुरु हुदैछ । लिग आयोजक अखिल नेपाल फुटबल संघले जारी गरेको परिमार्जित खेल तालिका अनुसार आज प्रतियोगिताको ७१औ र ७२औ दुई खेलहुने कार्यक्रम छ । आज पहिलो खेलमा लिग उपाधि दावेदार टोली मच्छिन्द्रले अंक तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लव विरुद्ध प्रतिस्पर्धा गर्दै […]

पुरा पढ्नुहोस

डोटीका २९ सरकारी कार्यालय निमित्तका भरमा | Thu Feb 6

काठमाडौं माघ, २३ः डोटीका २९ वटा सरकारी कार्यालयहरु निमित्त वा तोकिएको भन्दा तल्लो तहका कार्यालय प्रमुखका भरमा सञ्चालन भईरहेका छन् । संघीय, प्रदेश र स्थानीय तहका एबं सँस्थानका २९ वटा कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन् । जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारी अनुसार संघीय सरकार मातहत डोटीमा रहेका २७ वटा कार्यालयहरु मध्ये ११ वटा कार्यालयहरु […]

पुरा पढ्नुहोस

ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ विरुद्ध आरोपत्र दायर | Thu Feb 6

काठमाडाैँ माघ २३ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा ३ मन्त्री, ६ विशिष्ट […]

पुरा पढ्नुहोस

 विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज ओमान र अमेरिका भिड्दै | Thu Feb 6

काठमाडाैँ माघ २३ः विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहिबार ओमान र अमेरिकाबीच खेल हुदैछ ।यसअघि दुई वटा सिरिज खेलिसकेका यी दुई टोली बिहिबार तेस्रो सिरिजका लागि भिड्न लागेका हुन् । अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ ।ओमान भने ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा […]

पुरा पढ्नुहोस

महाअभियोगमा ट्रम्पलाई सिनेटको सफाइ | Thu Feb 6

काठमाडाैँ माघ २३ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँ विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबाट सफाइ पाउनु भएको छ । महाअभियोगबारे अन्तिम निर्णय गर्न त्यहाँको सिनेटमा दर्ता भएको प्रस्ताव विफल भएपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट उन्मुक्ति पाउनु भएको हो । राष्ट्रपतिकै दल रिपव्लिकको बहुमत रहेको सिनेटमा उहाँमाथि लागेका लागेका दुई वटा आरोप माथि भएको छुट्टाछुट्टै मतदानमा ट्रम्पको पक्षमा मत […]

पुरा पढ्नुहोस

टर्कीमा गएका दुईवटा छुट्टाछुट्टै हिमपहिरोमा परेर ३८ को मृत्यु | Thu Feb 6

काठमाडाैँ माघ २३ः टर्कीमा गएका दुईवटा छुट्टा छुट्टै हिमपहिरोमा परेर कम्तिमा ३८ जनाको मृत्यु भएको छ । देशको पुर्वी क्षेत्रमा मंगलवार र बुधवार गएका दुईवटा हिमपहिरोले बगाएर उनीहरुको मृत्यु भएको हो । मंगलवार गएको पहिलो हिमपहिरोमा हराइरहेकाहरुको खोजीमा गएका उद्धारकर्ताहरुलाई दोस्रो हिमपहिरोले बगाएको थियो । भान प्रान्तमा मंगलवार गएको पहिलो हिमपहिरोमा परेर पाँच जनाको मृत्यु भएको […]

पुरा पढ्नुहोस

हङकङले चीनबाट यात्रा गर्ने सबै यात्रुहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने | Thu Feb 6

काठमाडाैँ माघ २३ः हङकङले चीनको मुख्य क्षेत्रबाट यात्रा गर्ने सबै यात्रुहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निकै कठिन भइरहेका बेला मानवबाट मानवमा श्वासप्रश्वासका माध्यमबाट कोरोनाको संक्रमण फैलिरहेकाले हङकङले यस्तो निर्णय लिएको हो । हङकङमा कोरोना भाइरसबाट २१ जना संक्रमित भएको पुष्टि भएको छ भने एक जनाको […]

पुरा पढ्नुहोस

कोरोना भाइरसको महामारीसंगै रसुवा भन्सारमा कारोबार ठप्प | Thu Feb 6

काठमाडाैँ माघ २३ः चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी आवत जावतमा रोक लगाएपछि रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको हो । चिनियाँ पक्षले सूचना नै निकालेर रसुवा नाका गत बुधबार देखि […]

पुरा पढ्नुहोस

मौसमी रुघाखोकीले हुम्लाको सिमकोटमा ३६५ जना बिरामी | Thu Feb 6

काठमाडाैँ माघ २३ः मौसमी रुघाखोकीले हुम्लाको सिमकोट गाउँपालिका ८ स्थित स्याडा गाउँमा तीन सय ६५ जना बिरामी परेका छन् । गाउँनै रुघाखोकीका बिरामीले थला परे पनि जिल्लाका सरोकारवाला निकाय भने बेखबर छन् । जिल्लाका विभिन्न स्थानहरुमा फैलिएको मौसमी रुघाखोकीले जेष्ठ नागरिक, बालबालिका तथा श्वासप्रश्वास र दमका बिरामी बढी प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी बिनिता […]

पुरा पढ्नुहोस

बाजुरामा भाइरल ज्वरोले दुई जनाको मृत्यु | Thu Feb 6

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा  र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले जानकारी दिनुभयो । वडा नं १ को सिङ्गो […]

पुरा पढ्नुहोस
1 34 35 36 37 38 297
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्